| बुधबार, कार्तिक २५, २०८३

खोर्लाबेसीमा तातोपानी मेला सुरु

धार्चे गाउँपालिका वडा नं ३ स्थित खोर्लाबेसीमा तातोपानी मेला सुरु भएको छ । तातोपानी क्षेत्र संरक्षण तथा सम्बद्र्धन विकास केन्द्रको आयोजनामा भएको मेलाको सोमबार गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपानले उद्घाटन गरेका हुन् ।

तातोपानी क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धन गर्दै बाह्य तथा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि स्थानीय, प्रदेश र संघ सरकारले आफ्नो आफ्नो जिम्मेवारीमा रहेर काम गर्नुपर्ने सांसद न्यौपानेले बताए ।

नेपाली कांग्रेस गोरखाका सभापतिसमेत रहेका उनले भने, ‘मैले यस क्षेत्रको बिकासका लागि के गर्न सक्छु गर्नेछु, तपाई हामी सबै मिलेर यहाँको बिकास गर्नुपर्छ, पर्यटनको यहाँ धेरै सम्भावना छ ।’

‘अग्रज स्रष्टा र खेलाडीको सम्मान, कला संस्कृति पर्यटनको प्रवद्र्धनमा हाम्रो अभियान’, भन्ने नाराका साथ सुरु भएको मेलामा भलिबल, लोक नृत्य, लोकदोहोरी, स्टफुट प्रतियोगितासँगै धार्चे तारा सिजन ३ एकल गायनसमेत हुने कार्यक्रम संयोजक मिनबहादुर सुनाले बताए ।

उनकाअनुसार भलिबलतर्पm प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमश ८०, ६० र ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । लोकनृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ८, ६ र ४ हजार नगदसहित प्रमाण पत्रले सम्मान गरिने उनले जानकारी दिए ।

त्यस्तै, लोकदोहोरी प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई १०, ८, ६ हजार नगदसहित प्रमाणपत्र दिइने छ भने सटफुट प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुनेलाई तीन हजार, दुई हजार र १५ सय नगद सहित मेडल र प्रमाणपत्र दिइने उनले बताए । एकल गायनतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश तीन हजार, दुई हजार र १५ सय दिइने कार्यक्रम संयोजक सुनारले जानकारी दिए ।

मालकुन्ती महिला समूहका अध्यक्ष हिमा गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, धार्चे गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ, संस्थाका अध्यक्ष इन्द्रप्रसाद गुरुङ र कार्यक्रम संयोजक मिनबहादुर सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा गोरखामा रहँदा र अहिले सेवा निवृत्त भएपछि पनि गोरखा अस्पतालमा आएर गोर्खाली जनताको स्वास्थ्य उपचारमा सक्रिय रहेको भन्दै डाक्टर गुणराज लोहनीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्