
नेपाल समाजवादी पार्टीद्वारा पाँच पालिकामा कमिटी र विभिन्न जनवर्गीय तथा जातीय कमिटी गठन
समाजवादी केन्द्र निर्माण गर्दै पार्टी एकताको तयारीमा समेत रहेको नेपाल समाजवादी पार्टीले गोरखाका पाँच वटा पालिकामा पार्टी कमिटी पुनर्गठन गरेको छ ।
शनिबार सम्पन्न जिल्ला पार्टी कमिटीको पूर्ण बैठकले पालिका स्तरको कमिटी र विभिन्न जातीय तथा जनवर्गीय कमिटी पनि गठन गरेको जिल्ला पार्टी अध्यक्ष यानप्रसाद भट्टले जानकारी दिए । भट्टका अनुसार ज्योति कोइरालाको अध्यक्षतामा गोरखा नगर कमिटी पुनर्गठन गरिएको छ ।
जसको इञ्चार्जमा नारायण खत्री र सह इन्चार्जमा पुरुषोत्तम ढकाल रहेका छन् । त्यस्तै बैठकले दिनेश जोशीको अध्यक्षतामा सहिद लखन गाउँ पार्टी पुनर्गठन गरेको छ ।
गण्डकी, बैठकले भीमसेन थापा र अजीर कोट गाउँ पार्टी कमिटी पुनर्गठन गरेको हो । सोही बैठकले पूर्णमाया वन्तको अध्यक्षतामा महिला कमिटी र कलाकार रानाको अध्यक्षतामा मगर कमिटी पनि गठन गरेको छ ।
त्यस्तै दलित, नेवार, गुरुङ, कुमाल, किसान, युवा लगायतका कमिटीहरु पनि पुनर्गठन गरेको अध्यक्ष भट्टले जानकारी दिए । जिल्ला अध्यक्ष भट्टको अध्यक्षतामा सम्पन्न बैठक केन्द्रीय अध्यक्ष डाक्टर बाबुराम भट्टराईको प्रमुख आतिथ्यता तथा प्रदेश सांसद फणिन्द्र देवकोटाको आतिथ्यतामा सम्पन्न भएको हो ।




