| बुधबार, कार्तिक २५, २०८३

गोरखामा सहभागितामुलक ग्रामीण पूनर्लाभ परियोजनाको अनुभव आदान प्रदान सेमिनार सम्पन्न

गोरखा सदरमुकाममा सहभागितामुलक ग्रामीण पूनर्लाभ परियोजनाको अनुभव आदान प्रदान सेमिनार सम्पन्न भएको छ । पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिकाको आयोजना जिल्ला समन्वय समितिको समन्वय तथा जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाइका) को प्राविधिक सहयोगमा तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डाइरेक्टर रामेश्वर मरहट्टाले सहभागितामुलक ग्रामीण पुनर्लाभ परियोजना(पिपिआरआर) को बारेमा, यसका उद्देश्यहरुका बारेमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।

गोरखाका दुई र सिन्धुपाल्चोकका दुई गरी ४ वटा पालिकामा यो कार्यक्रम लागु भएको बताउदै उनले नमुना स्थानीय सरकारहरु र साुमदायिक संस्थाहरुले पहिलो वर्षमा गर्दाका सफलताका कथाहरु र सिकाईहरु दुई जिल्लाका अन्य स्थानीय सरकारहरुसँग आदानप्रदान गर्र्न कार्यक्रम आयोजना गरिएको बताए । नमुना क्रियाकलापहरु कार्यान्वयनको दोस्रो वर्षमा थप सुधारका लागि पृष्ठपोषण प्राप्त गर्नका लागि पनि कार्यक्रमले धेरै सहयोग पुग्ने उनले भनाइ छ ।

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टले उत्थानशिल गाउँपालिका र समुदायका लागि सहभागितामुलक आवधिक योजना तथा वार्षिक योजना तर्जुमाका बारेमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले उत्थानशिल नगरपालिका र समुदायका लागि सहभागितामुलक आवधिक योजना तथा वार्षिक योजना तर्जुमाका बारेमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बारपाक महिला बहुउद्देश्य सहकारीका पुर्व अध्यक्ष रसमाया घलेले बारपाक सुलिकोट गाउँपालिकाको सामुदायिक उत्थानशिल परियोजनाहरु सम्बन्धी अनुभव आदानप्रदान गरेका थिए । पालुङटार नगरपालिकाको सामुहिक उत्थानशिल परियोजना अन्तरग बेतनी आमा समुह, गाइखुरको बंगुर पालन र नमुना प्रगति कृषक समुह, खाल्डेले नमुना केरा खेती सम्बन्धी अनुभवहरु ऋादानप्रदान गरेका थिए ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको डाइरेक्टर रामेश्वर मरहट्टाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगर, उपप्रमुख लिला परियार, सहायक प्रजिअ चित्राङ्गत बराल, पानपा प्रमुख विवश चिन्तन, उपप्रमुख बन्दना पाण्डे, बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, धार्चे गापा उपप्रमुख सुनिला गुरुङ, अजिरकोट गापा उपाध्यक्ष अनिता भुजेल लगायत पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागितारहेको थियो ।

प्रतिक्रिया दिनुहोस्