
गोरखामा उत्पादित कृषि उपजका सामग्री मेलामा प्रदर्शनीमा(फोटो फिचर)
गोरखा महोत्सवामा जिल्लाका पालिकाहरुमा उत्पादन भएको विभिन्न कृषिउपज सामग्रीहरु प्रदर्शनमा राखिएकोछ । कृषि ज्ञान केन्द्र गोरखाको अनुरोधमा गोरखा जिल्लाभित्र उत्पादन भएका कृषिउपज सामग्री मेलामा प्रदर्शनीका रुपमा राखिएको हो ।
मेलामा पालुङटार–९ ढुंगेटारीबाट उखु, शहिलखन–५ ताक्लुङबाट सुन्तला, गोनपा–३ नारेश्वरबाट लसुन, गोनपा–८ बाट अदुवा र सिरानचोक–४ छोप्राकबाट रायोको साग राखिएको ज्ञानकेन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताए ।
सहिदलखन गापा–५ बाट मूला र फर्सी, आरुघाट गापा–३ बाट सुन्तला, गोनपा ९ बाट च्याउ, गोनपा ६ बाट काउली, कागती, अम्बा र बारपाक सुलिकोट ३ बाट आलु, सहिदलखन १ बाट मेवा लगायतका कृषि उपज सामग्री प्रदर्शनमा राखिएको उनले जानकारी दिए ।
मेला प्रदर्शनीमा राखिएको मध्ये प्रथम, द्वितीय, तृतीय र सात्वना हुनेलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको अधिकारीले जानकारी दिए । मेलामा अझै केही स्टलमा कृषि उपजको सामग्री आउन बाँकी रहेको उनको भनाइ छ ।
गोरखा आयुर्वेद कम्पनी प्रालिद्वारा उत्पादन भएको विभिन्न आयुर्वेदिक औषधीहरु पनि मेलाको प्रदर्शनीमा राखिएको छ । गोरखा नगरपालिका ३ नारेश्वरमा रहेको विन्ध्यावासिनी मिश्रित फलफुल नर्सरीले सुनकागती, सुन्तला जातको फलफुलको विरुवाहरु विक्रीवितरणका लागि प्रदर्शनीमा राखिएको छ ।
त्यस्तै, सिरानचोक गाउँपालिका ६ गैरामा वि.एम.अर्गानिक कृषि तथा पशुपक्षी फर्म र संसारी बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादन गरेका अचार, स्थानीय स्तरमा उत्पादित खाद्य बस्तुहरु प्रदर्शनमा राखिएको छ । गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिद्वारा उत्पादित हस्तकला तथा अन्य सामग्रीहरु पनि मेलामा प्रदर्शनी सँगसँगै विक्री वितरणमा राखिएको छ ।
हेर्नुहोस तस्बिरहरु :













तस्बिर : केशव गुरुङ




