
गोरखामा कानून विपरित चलेका क्रसर उद्योग बन्द गर्न प्रशासनको निर्देशन
जिल्लाका विभिन्न स्थानामा कानून विपरित संचालनमा रहेको सबै क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
शनिबार सूचना जारी गर्दै जिल्ला भित्र कानून विपरित संचालनमा रहेको क्रसर उद्योग बन्द गर्न भनिएको हो ।
प्रचलित कानून विपरित दर्ता नगरी तथा नविकरण लगायत संचालन अनुमती नलिई संचालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु बन्द गर्नुपर्ने सहायक प्रजिअ चित्राङ्गगत बरालले बताए ।
त्यस्तै, विभिन्न आयोजना विकास तथा निर्माणको क्रममा सोही आयोजनाको लागि आवश्यक परिमाणमा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमती प्राप्त उद्योग ÷ निर्माण व्यवसायीले आयोजना समाप्त भए पश्चात पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए शुक्रबार देखि लागु हुने गरी बन्द गर्न भनिएको छ ।
यो सूचना विपरित ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन तथा दोहन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने सहायक प्रजिअ बरालले बताए ।
प्रशासन कार्यालयद्धारा जारी गरेको सूचना





