
गोरखामा तमु ल्होसारको रौनक (फोटो फिचर)
गोरखा सहित देशभरका तमु (गुरुङ) समुदायले शुक्रबार तमु ल्होसार धुमधामसँग मनाएका छन् । गुरुङ समुदायले बाघ वर्ग (तो ल्हो) लाई बिदाइ गर्दै बिरालो वर्ग) हि ल्हो) लाई स्वागत गरी ल्होसार पर्व मनाएका हुन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् । ल्होसार पर्वकै अवसरमा तमु ह्यूल छोँज धीँ गुरुङ राष्टिूय परिषद नगर कार्य समिति, गोरखाको आयोजनामा गुरुङ समुदायको भेषभुषा सहित ¥याली आयोजना गरिएको थियो । तमु हलबाट सुरु भएको ¥याली हरमटारी, बसापार्क, गोरखा संग्रहालय हुदै पुन हरमटारी रंगशालामा पुगी समापन गरिएको थियो ।
¥यालीमा मौलिक वेशभूषासहित चिटिक्क परेर आएका गुरुङ समुदायका युवायुवतीको जमातले बेग्लै रौनक बनाएको थियो । शिरमा लावा, शिरफूल, गलामा कण्ठमाला, जन्तर, लुङ्गी(चोली, पछ्यौरी, घलेकले सजिएका युवती तथा भाङ्रा, भोटो, कछाडसहित ¥यालीमासहभागी भइ युवा(युवतीहरूले निकै रौनकताका साथ ल्होसार मनाए ।
उनीहरूले गुरुङ समुदायमा आदिमकालदेखि प्रचलित ठाडो भाका, चुट्का, कौडा, सोरठी नाचसँगै खैजडी, च्याबुङ तथा मादलको धुन सुनाएका थिए ।
हरमटारी खेलकुद मैदानमा भएको कार्यक्रममा नगरसमितिका अध्यक्ष दिनेश तमु, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, तमु ह्यूल छोँज धीँ गुरुङ राष्टिूय परिषदका केन्द्रिय सदस्य दुर्गा गुरुङ, जप्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सहभागि वक्ताहरुले विगतको तुलनामा ल्होसारको रौनक कम हुदै गएको बताउदै तमु संघसंस्थाका भातृसंस्थाहरुलाई अझ बलियो बनाउदै संगठन विस्तारमा जोड दिनुपर्ने बताएका थिए ।
त्यस्तै, गुरुङ समुदायको मौलिक परम्परालाई संरक्षण,प्रवद्र्धन गर्न सबै एकजुट हुनुपर्ने र ल्होसार पर्वलाई सबै समुदायले उत्सवका रुपमा मनाउनुपर्ने बताए ।
नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धि गोरखाका सचिव मोहन गुरुङका अनुसार हरेक वर्ष तमु समुदायले परिवार, आफन्त, साथीभाइ तथा इष्टमित्रबीच जमघट गरी मौलिक खानाका परिकार खाने र एकआपसमा शुभकामना आदानप्रदान गर्दै पुस १५ लाई ल्होसार (नयाँ वर्ष) का रूपमा मनाउँदै आएको बताए ।
तमुभाषा सम्बन्धी पुस्तक लेखक टेक बहादुर गुरुङले पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताए । उहाँका अनुसार गुरुङ समुदायको बाक्लो बस्ती रहेका गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार भव्यताका साथ मनाउने गरिन्छ ।
हेर्नुहोस तस्बिरहरु :



















