| मङ्लबार, कार्तिक २४, २०८३

गोनपाको चन्द्र ज्योति प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

गोनपा ११ स्थित १३ किलोमा रहेको चन्द्र ज्योति प्रा.विमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । लायन्स क्लव अफ गोरखा तारानगर र लियो क्लव अफ गोरखा तारानगरद्वारा विहिबार एक कार्यक्रम गरी न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएीको छ ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थी भाइबहिनीहरुलाई जाडोको समयमा न्यानो, कपडा तथा शैक्षिक सामाग्री र विद्यालयलाई २ थान डस्टवीन हस्तान्तरण गरिएको लायन्स क्लव अफ गोरखा तारानगरको अध्यक्ष लायन यम बसेलले बताए ।

लियो क्लवले तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकममध्येबाट न्यानो कपडाको व्यवस्थापन गरेको र लायन्स क्लवले शैक्षिक सामाग्रीको व्यवस्थापन गरेको क्लवका सचिव नविन घिमिरेले जानकारी दिए ।

स देउसी भैलोकै रकमबाट यसभन्दा अघि गो.न.पा. ११ मा रहेको भुराज वृक्ष प्राविमा पनि शैक्षिक सामाग्री हस्तान्तरण गरेको सचिव घिमिरेले जानकारी दिए ।

लायन्स क्लव अफ गोरखा तारानगरको अध्यक्ष लायन यम बसेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गो.न.पा. ११ का वडा अध्यक्ष रामबहादुर खड्का, चन्द्रज्योति प्रा विको प्राधानाध्यापक प्रतिसा कुँवर, लायन्स क्लव अफ गोरखा तारानगरका प्रथम उपाध्यक्ष सुनिल कुवँर, लियो क्लव अफ गोरखा तारानगरका प्रथम उपाध्यक्ष सन्जित आले मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्