
सामुदायिक सेवा केन्द्र गोरखाको अध्यक्षमा रामहरी केसी
सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्षमा रामहरी केसी चयन भएका छन् । विहिबार भएको केन्द्रको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट केसी निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले केसीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । कार्यसमितिको निवर्तमान अध्यक्षमा सुशीलबाबु श्रेष्ठ(कैलास), उपाध्यक्षमा मीनादेवी श्रेष्ठ, सचिवमा काजीराम श्रेष्ठ, कोषाध्यक्षमा भोलाप्रसाद मरहट्टा र सहसचिवमा अन्जनबाबु खत्री चयन भएका छन् । समितिको सदस्यहरुमा बाबुराम श्रेष्ठ, देवु मास्के, शान्ति श्रेष्ठ, शोभा प्रधान दवाडी, विष्णुबहादुर थापा, दण्डपाणि कट्टेल, ज्ञानु अर्याल, किरण ढकाल, विक्रम बस्नेत, फत्तबहादुर श्रेष्ठ र भाइकाजी आले चयन भएका छन् ।
कार्यक्रममा यस अघिको समितिका कोषाध्यक्ष काजिराम श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, निवर्तमान समितिका सचिव शरदबाबु कट्टेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सामुदायिक सेवा केन्द्र गोरखाले जिल्ला प्रहरी कार्यालय गोरखासँगको साझेदारीमा सामान्य नागरिकको समस्यालाई समाधानका लागि प्रहरीसमक्ष पु¥याउन पहलकदमी गर्दै आएको छ । यस्तै, समाज देखिएका विकृति, विसंगति, कुसंस्कार एवं कुलतसँग सम्बन्धित कार्यहरुविरुद्ध जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको केन्द्रले जनाएको छ ।
केन्द्रले समुदाय र विद्यालयहरुमा गएर लागु औषध, मानव बेचविखन, घरेलु हिंसा, लैगिक हिंसा, महिला हिंसा विरुद्धको अभियान सञ्चालन गरेको थियो ।
त्यस्तै, साइबर अपराध, सडक सुरक्षा, बालश्रम, जुवा, तास तथा मादक पदार्थ सेवनविरुद्ध जनचेतना जगाउने खालका कार्यक्रम संचालन गर्दै आएको छ । बजार क्षेत्रमा अपराधका गतिविधि नियन्त्रणका लागि सिसि क्यामेरा जडान, मर्मत, ट्राफिक सचेतना एवं नगरसरसफाई, स्वास्थ्य शिविर संचालन लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको उनले जानकारी दिए ।
निवर्तमान कार्यसमितिका अध्यक्ष सुशीलबाबु श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, गोरखा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सोमनाथ धिताल लगायतले मन्तव्य राखेका थिए ।




