| बुधबार, कार्तिक २५, २०८३

धार्चेका पाँच विद्यालयका छात्राहरुलाई पुनप्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण


धार्चे गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुका लागि पुन प्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरिएको छ ।

स्वीटल्याण्डकी नागरिक रिनाटा फिलिपको आर्थिक सहयोगमा गोरखा नगरपालिका ७ नयाँबजारकी कल्पना श्रेष्ठले दुर्गम क्षेत्रमा पर्ने धार्चेका विभिन्न पाँचवटा विद्यालयका २८० जना छात्राहरुलाई सेनिटरी प्याड वितरण गरेकी हुन् ।


काठमाडौँमा निर्माण गरिएको पुनप्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरिएको उनले बताइन् । प्रतिछात्रा एक पाकेटका दरले प्याड वितरण गरिएको उनले बताइन् । एक प्याकेट प्याडले चारबर्षसम्मलाई पुग्ने उनले बताइन् ।


गण्डकी आधारभूत विद्यालय रुञ्चेत, सूर्योदय मावि गुम्दा, मणिकामदेवी मावि लाप्राक, जनजागृति मावि माछाखोला र प्रभातकिरण मावि लापुवेशीका दुईसय ८० जना र लापुवेशी छात्राबासमा रहेका २० जना छात्राहरुलाई थप २० थान सेनिटरी प्याड वितरण गरिएको श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्