
गोरखाको सुरक्षा समिति सम्मानीत
गोरखाको सुरक्षा समिति गण्डकी प्रदेश सरकारबाट सम्मानित भएको छ ।
स्वच्छ र शान्तिपूर्ण रुपमा मंसीर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सफल भएको भन्दै प्रदेश सरकारले गोरखाको सुरक्षा समितिलाई मंगलवार सम्मान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, रिपूमर्दन दल गणका गणपती हेमराज विष्ट, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख केदार खनाल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सुदिप अधिकारी, सशस्त्र प्रहरी बल गुल्म गोरखा लगायतलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सम्मान गरेका हुन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रशंसा पत्र र दोसल्लाले गण्डकी प्रदेशका सम्मान गरेका हुन् ।




