| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाबाट गाउँपालिका महासंघको केन्द्रिय सदस्यमा बञ्जरा र देवकोटा निर्वाचित

गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रिय सदस्यमा गोरखाबाट दुई जना निर्वाचित भएका छन् ।

गोरखाको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जरा र सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटा गाउँपालिका महासंघको केन्द्रिय सदस्यमा निर्वाचिन भएका हुन् ।

मंगलबार काठमाण्डौमा सम्पन्न महासंघको तेस्रो अधिवेशनबाट अध्यक्षमा लक्ष्मी पाण्डे सहितको कार्यसमिति निर्विरोध चयन भएको हो ।

अध्यक्षमा निर्वाचित पाण्डे नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् । पदाधिकारी सहित ३६ सदस्यीय महासंघको कार्यसमिति चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्