
गोरखाको ठूलो आँगनमा शालिक राख्ने विषयमा छलफल
गोरखाका सरोकारवालाहरु बीच शुक्रबार सदरमुकामको ठूलोआँगनमा शालिक राख्ने विषयमा छलफल भएको छ । गोरखा नगरपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा अधिकाश वक्ताहरुले जनतालाई समस्या नपर्ने गरी पृथ्वीनारायण शाहको शालिक, मनोग्राम, नेपालको राष्ट्रिय झण्डा निर्माण गर्नुपर्नेमा बताए ।
ठूलो आँगनको मध्य भागमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक, नेपाली झण्डा लगयातका संरचना निर्माण गर्ने बारे सर्वत्र चर्चा भएको थियो । गोरखा बजार आवतजावत गर्ने मुख्य सडकखण्डको बीच भागमा शालिक निर्माण भए सवारी आवगमन ठप्प हुने भन्दै बिरोध समेत भएको थियो । अहिले साना सवारीलाई नियमित संचालन गर्न दिने निर्णय नगरपालिकाले गरिसकेको मेयर कृष्णराना मगरले बताए ।
शालिक कहाँ राख्ने भन्ने विषयमा साझा साधारण बन्न नसक्दा निर्माणको काम अघि बढ्न सकेको छैन । शुक्रबार नगरपालिका आयोजित कार्यक्रममा सहभागी स्थानीय र जिल्लाका सरोकारवालाहरु सबैले जनतालाई मर्कामा नपर्ने गरी वैकल्पिक सडक तयारी गरेर मात्र सो कार्यक्रम सुरु गर्न नगरपालिकालाई सुझाब दिए । तर बैकल्पिक सडकको पनि अहिल्यै पहिचान हुनुपर्नेमा उनीहरुको जोड थियो ।
नेपालको इतिहाससँग जोडिएको, गोरखालाई विश्वमा चिनाउने, गोरखाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने कुरामा कसैको विरोध नरहेको र यो नगरपालिका र स्थानीयको मात्र नभइ सिङ्गो गोरखा जिल्लावासीको गौरवको विषय भएकाले सबैको सामुहिक स्वार्थ अनुरुप कार्यक्रम अघि बढाउनुपर्ने सरोकारवाला, जनप्रतिनिधि स्थानीय सबै एकमत देखिए ।
जनताले सबै सुविधा पाउने गरी समस्याको समाधान गर्दै अघि बढ्नुपर्ने सबैले जोड दिएका थिए । चिल्डे«न पार्कबाट जाने बाटो तत्काल ठूलासाना सबै सवारी साधन आउजाउ गर्न मिल्ने गरी बनाउनुपर्ने, गोरखा संग्रहालय तल्लो गेट खुलाउन पर्ने लगायतका विषयमा स्थानीयले ध्यानाकर्षण गराएका थिए ।
मेयर रानाले नेपालको इतिहासको जर्गेना गर्न, सोहि इतिहासबाट नै गोरखाको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउन शालिका राख्ने र सेनाले नियमित परेड खेल्ने योजना बनेको बताए ।
कार्यक्रममा नगरप्रमुख राना, उपप्रमुख मसली माया थोकर, निर्वतमान नगरप्रमुख राजनराज पन्त, वडा नं ३ का वडा अध्यक्ष चुलबहादुर कुवर, गोरखा नगरपालिका ६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशी, नेकपा एमालेका देवीबहादुर बस्नेत, नेपाली काँग्रेसका जिल्ला सचिव किशोरजंग थापा, नेपाल समाजवादी पार्टीका अध्यक्ष यानप्रसाद भट्ट, चेम्बर अफ कर्मसका भाइचन्द्र श्रेष्ठ, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, अच्युत लाल श्रेष्ठ, ममदेव श्रेष्ठ, पँदेली टोल बिकास संस्थाका अध्यक्ष नबिन श्रेष्ठ लगातयले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा नेपाली सेनाले कस्तो संरचना निर्माण हुने, परेड कसरी संचालन हुने भन्ने बारेमा जानकारी गराएका थिए ।




