| मङ्लबार, कार्तिक २४, २०८३

लिगलिगकोटको मुल गढी र दरबार संरक्षण गर्दै पुरातत्व बिभाग

गोरखाको पालुङटार नगरपालिका – २ मा रहेको लिगलिगकोटमा रहेको लिगलिग गढीको संरक्षण गर्न पुरातत्व विभाग जुटेका छन् । लिगलिगकोटको मुख्य गढी र त्यस भित्र रहेको दरबार जीर्ण बन्दै गएकाले भत्कार पुननिर्माण थालिएको पुरातत्व विभागले जनाएको छ ।

अहिले मुख्य गढी र दरबारको संरक्षण गर्ने कार्य भइरहेको विभाग अन्तरको गोरखाका परियोजना प्रमुख नवराज अधिकारीले जानकारी दिए । ‘लिगलिगकोटमा रहेको मुख्य गढी र दरबार जीर्ण बनेको थियो । अहिले पुरातत्व विभागले त्यसको संरक्षण गर्ने कार्य भइरहेको छ । मुल गढीलाई भत्काएर पुरानै संरचनामा निर्माण गर्ने कार्य भइरहेको छ,’ उनले भने । गढीको वालहरु जीर्ण बन्दै गएकाले संरक्षण गर्नका लागि भत्कार पुननिर्माण गरिरहेको उनले जानकारी दिए ।

२०७८ फागुन २२ गते सम्झौता गरी गढीका वाल र मुल दरबारको निर्माणको ठेक्का एन.पि.एस कन्स्ट्रक्सन भक्तपुरले लिएको छ । २४ लाख १० हजार लागतमा निर्माण भइरहेको गढीको वाल र दरबार निर्माण कार्य आगामी पुस मसान्त सम्ममा सक्नुपर्ने उनले जानकारी दिए ।
गढीको बाहिर पट्टी भत्किएका ठाउँहरु मर्मत गरिएको र केही भत्कार पुननिर्माण सुरु गरिएको उनको भनाइ । गढीको बाहिर सुख्या गाह्रो लगाएको र भित्र दरबार मात्र चुना सुर्की प्रयोग गरिएको उनको भनाइ ।

पुरानै ढाँटामा गढी र दरबार निर्माण हुने उनले बताए । लिगलिगकोटमा पाँच वटा गढी रहेका छन् । ती मध्य हाल मर्मत सुधार भइरहेको मुख्य गढी हो । अन्य चार वटा गढीहरु पनि जीर्ण अवस्थामा रहेकाले मर्मत संम्भार गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

साँस्कृति सम्पदाको पुननिर्माण अन्तरग सो संरचनाको निर्माण भरहहेको उनले जनाकारी दिए । यस पुननिर्माण प्राधिकरणले यो काम गर्दै आए पनि अहिले पुननिर्माण प्राधिकरण हटेसँगै यसेको जिम्मा पुरातत्व विभागले लिएको हो ।

लिगलिगकोटको मुल गढीको वालहरु र विचको भागमा दरबार निर्माण गर्दा ऐतिहासिकता झल्किने गरी निर्माण कार्य हुनुपर्ने लिगलिगकोट अभियानका अध्यक्ष सन्जित रानाले बताए । दरबारको गढी निर्माणको क्रममा चुना, सुकी प्रयोग गर्न आग्रह गरिएको तर बजेट नधान्ने बताएको उनले जानकारी दिए । ‘बाहिरको गढीको वालहरुमा पनि चुना र सुर्की प्रयोग गर्नुपछ भनेका थियौ तर पहिलो स्टमेट तयार पर्दा त्यसमा छैन भनेर मान्नु भएन । भित्र दरबारमा चाहि चुना सुर्की प्रयोग गरिएको छ,’ उनले भने ।

स्थानीय, वडासमिति, र पालिकाले पुरातत्व विभागालई थप सुधार गन आग्रह गरिएको र अहिले केही सुधार भएको आएको समेत उनले बताए । भौतिक संरचना बरु ढिलो गरेर भएपनि ऐतिहासिकता झल्किने गरी मजबुत खालको निर्माण हुनुपर्ने उनले बताए ।

त्यस्तै, दरबारको वालाहरुमा कटुवाको ढुङगा प्रयोग गर्न समेत आग्रह गरिएको उनले जानकारी दिए ।
लिगलिगकोटमा नेपाल एकीकरणको शुरुवातकर्ता मानिएका द्रव्य शाहको दरबार रहेको स्थान हो । लिगलिगकोट पुग्ने पर्यटकले अहिले दरवार नभए पनि दरवारको भग्नावशेष देख्न सक्छन् । पर्यटकहरुले कोट आसपासमा भत्किएर भग्नावशेष रुपमा रहेका करिब आधा दर्जन घर, कालिका, भूमेलगायतका स–साना देवीदेवताका मन्दिर पनि लिगलिगकोटमा पुगेपछि अवलोकन गर्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस्