
६ बुँदे प्रस्ताब पारित गर्दै पत्रकार महासंघ गोरखाको साधारणसभा सम्पन्न
नेपाल पत्रकार महासंघ गोरखा शाखाको ११ औँ वार्षिक साधारण सभा शुक्रवार र शनिवार गोरखाको सिरानचोक गाउँपालिका ७ मा सम्पन्न भएको छ । पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षता र पत्रकार महासंघका केन्द्रिय सचिव सिर्जना अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
साधारण सभाको उद्घाटन सत्रमा पत्रकार महासंघका केन्द्रिय सचिव अर्यालले श्रवजिबी पत्रकारहरुको हक हितकालागि महासंघ केन्द्रिय समितिले निरन्तर काम गरिरहेको बताईन । सदस्यता सुद्धिकरण, पत्रकारहरुको क्षमता अभिवृद्धी जस्ता काममा महासंघको ध्यान केन्द्रिय रहेको उनले बताईन ।
सिरानचोक गाउँपालिका उपाध्यक्ष रिता देवकोटाले पत्रकार महासंघले होमस्टेमा पुगेर साधारण सभा गर्नु निकै स¥हानिय भएको बताउँदै गाउँगाउँका पर्यटकीय ठाउँको प्रचार प्रसारमा पनि मद्धत पुग्ने बताईन ।

पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले गण्डकी प्रदेशका जिल्लाहरुमा महासंघको भबन निर्माण, क्षमता अभिवृद्धीका तालिमलाई चालु वर्षपनि निरन्तरता दिने बताए । साथै उनले गोरखा शाखाले भबन निर्माण छिटो सुरु गरेकाले सम्पन्न पनि छिटो गर्न आफुले सक्दो सहयोग गर्ने बताए ।
उद्घाटन सत्रमा पत्रकार महासंघ गोरखाका पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ, संस्थापक अध्यक्ष किशोरजंग थापा, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तब्य राखेका थिए ।
उद्घाटन सत्र लगत्तै बन्द सत्र सुरु भएको थियो । बन्द सत्रमा सचिव बिकास मरहट्टा र कोषाध्यक्ष मोहसिन अलि मियाँले आर्थिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । साधारण सभाको बन्द सत्रमा पत्रकार महासंघ गोरखाको भबन निर्माण समितिका कोषाध्यक्ष रेनु श्रेष्ठले हाल सम्म भएको खर्च बिवरणबारे जानकारी गराएकी थिईन ।
यसअघि १० औँ साधारण सभा लिगलिगकोटमा गरेको पत्रकार महासंघ गोरखा शाखाले ११ औँ साधारण सभा श्रीनाथकोटमा गरेको हो । क्होला आरुबोट सामुदायिक होमस्टेमा भएको साधारण सभाले बिभिन्न ६ वटा समसामयिक प्रस्तब पारित गरेको छ । पत्रकार महासंघ गोरखा शाखा भौतिक पूर्वाधारका हिसाबले पनि भबन निर्माण मार्फत संस्थागत हुने चरणमा छ ।
भबन निर्माणमा अहिले सम्म सहयोग गर्नुहुने गण्डकी प्रदेश, गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका, शहीदलखन गाउँपालिका प्रति हार्दिक आभार ब्यक्त गर्दै भबनलाई पूर्णता दिन आवश्यक सहयोगकालागि साधारण सभाले अपिल गरेको छ ।
पत्रकारिता र पत्रकार महासंघको गरिमालाई उच्च मर्यादित बनाउन गोरखा शाखाको पहिचानको रुपमा रहेको सदस्यता सुद्धीकरण र क्रियाशील पत्रकारको सदस्यता सिफारिस अभियानलाई निरन्तरता दिने घोषणा गरिएको छ ।
सञ्चार क्षेत्रमा भएको नयाँ नयाँ प्रविधिसँग सामजस्य हुने गरी पत्रकारहरुको क्षमता अभिवृद्धीकालागि तालिमहरु सञ्चालन गर्ने प्रस्ताब पारित गरिएको छ ।
यो साधारण सभा श्रमजिवी पत्रकारको हकहितको सवाल कार्यन्वयनकालागि सम्बन्धित पक्षसँग जोडदार माग गरिएको छ । पर्यटकीय दृष्टिकोणले संभावना बोकेको गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ आरुबोट गाउँको सडक, खानेपानी लगायत पूर्वाधार बिकासकालागि संघ, प्रदेश र स्थानीय सरकार समक्ष माग गरिएको छ ।
साधारण सभाकालागि आतिथ्यता तथा ब्यवस्थापन गर्नुहुने सिरानचोक गाउँपालिका, क्होला आरुबोट सामुदायिक होमस्टे परिवार र सहयोग गर्नुहुने सम्पूर्णप्रति सभाले धन्यबाद ज्ञापन गरेको छ ।




