
तुलसी स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी उप्रेतीलाई
यसबर्षको तुलसीस्मृति पत्रकार पुरस्कार कान्तिपुर दैनिकमा कार्यरत पत्रकार हरिराम उप्रेतीले प्राप्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ गोरखा शाखाको एघारौँ साधारण सभाको उपलक्ष्यमा आयोजित समारोहमा पत्रकार उप्रेतीलाई सो पुरस्कार प्रदान गरिएको हो
पत्रकार महासंघ केन्द्रीय समितिका सचिव सिर्जना अर्याल र महासंघका गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्माले सो पुरस्कार र सम्मानपत्र पत्रकार उप्रेतीलाई प्रदान गरेका हुन् ।




