| मङ्लबार, कार्तिक २४, २०८३

गपका होटल ब्यबसायी बूढीगण्डकी किनारमा मृत भेटिए

चुमनुब्री गाउँपालिका ४ गपका होटल ब्यबसायीको शव बूढीगण्डकी किनारमा फेला परेको छ । तीनदिनदेखि सम्पर्कबिहिन भएका धार्चे ५ माछाखोला स्थायी घर भएका पूर्णबहादुर गुरुङ शुक्रबार दिउसो न्याकफेदी र पेवा बीचको पहिरोको फेदमा फेला परेको प्रहरीले जनाएको छ ।
पर्यटन सिजन सकिएपछि होटल बन्द गरेर उनी तीनदिनअघि घर जान भनी हिँडेका थिए ।
बिगतदेखि ड्याङमा होटल ब्यबसाय सञ्चालन गर्दै आएका ४१ बर्षका गुरुङले यस बर्षदेखि गपमा होटल ब्यबसाय गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्