
गोरखामा समानुपातिकमा सयभन्दा कम मत पाउने पार्टी धेरै
भर्खरै सकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गोरखामा बिगतमा भन्दा राजनीतिक दलको संख्या थपियो । प्रत्यक्षतर्फ भन्दा समानुपातिकतर्फ दलका चुनाव चिन्ह धेरै थियो । तर अधिकांश दलको मत संख्या सयभन्दा कम थियो । सुन्य मत पाएका दल पनि चुनावमा सहभागी थिए ।
गोरखामा समानुपातिकतर्फ ४८ वटा राजनीतिक दल थिए । पिछडा बर्ग निषाद दलित जानजाती पार्टीले सुन्य मत पायो भने घोडा चुनाव चिन्ह भएको मितेरी पार्टीले एक मत मात्रै प्राप्त ग¥यो । ३७ वटा राजनीतिक दलको मत एकभन्दा कम छ । सूर्य, रुख, हँसिया हथौडा, हलो र घण्टी चुनाव चिन्ह भएका राजनीतिक दल बाहेक गोरखा १ मा कुनैपनि दलले मत एक हजार कटाउन सकेनन् ।
प्रदेश समानुपातिकतर्फ पनि ३१ वटा राजनीतिक पार्टी सहभागी थिए । बस चुनाव चिन्ह भएको नेपाल संघीय समाजवादी पार्टीले दुई मत मात्रै प्राप्त गरेको छ । १८ वटा पार्टीले एकसय भन्दा कम मत पाएका छन् भने एक हजार मत कटाउने पार्टी चारवटा मात्रै छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फ घण्टीबाहेक अन्य चारवटा दलले हजारभन्दामाथि मत ल्याएका छन् ।
गोरखा २ मा प्रतिनिधिसभातर्फ सहभागी ४८ दलमध्ये ३४ दलले एकसयभन्दा कम मत प्राप्त गरे । घोडा चुनाव चिन्ह भएको मितेरी पार्टीले सुन्य र जग चुनाव चिन्ह भएको बहुजन शक्ति पार्टीले एक मत पाएको छ । मंगोलनेशनल अर्गनाईजेशनसहित पाँचवटा दलले एक हजार भन्दामाथि मत संख्या पु¥याएका छन् भने अन्य दलले सयदेखि हजारभित्र मत ल्याएका छन् ।
प्रदेशसभातर्फका ३१ दल मध्ये १९ दलले समानुपातिकतर्फ एकसय भन्दा कम मत प्राप्त गरे । नेपाल लोकतान्त्रिक पार्टीले सुन्य र बस चुनाव चिन्ह रहेको संघीय समाजवादी पार्टीले एक मात्रै मत प्राप्त ग¥यो । छ वटा पार्टीले हजार कटाएका छन् भने अन्यले छैनन् ।
२०७४ को निर्वाचनमा गोरखामा समानुपातिकतर्फ ४५ वटा राजनीतिक दल सहभागी थिए । अहिले तीनवटा थपिए । पहिले दमाह चुनाव चिन्ह भएको लिवरल डेमोक्रेटिक पार्टीले सुन्य मत ल्याएको भने इनार चुनाव चिन्ह भएको नेपाल दलित पार्टीले एक मत पाएको थियो । एक मत ल्याउने पार्टी तीनवटा, दुईमत ल्याउने चारवटा, तीन मत मात्रै ल्याउने चारवटा थिए ।
३२ वटा पार्टीले पहिलेपनि एकसय भन्दा कम मत गोरखाबाट पाएका थिए । हजार मत कटाउने पार्टी पाँचवटा मात्रै थियो ।
प्रदेशतर्फ भने २० दल थिए अहिले ११ थपिएर ३१ पुगेको छ । एकसय मत कटाउन ६ पार्टीले सकेका थिएनन् भने चारवटा पार्टीले मात्रै हजार मतभन्दा बढि प्राप्त गरेका थिए । दल थपिँदा पनि मत बाँडिएको देखिन्छ ।
प्रतिनिधिसभातर्फ पनि उम्मेदवार पहिले भन्दा थपिए । गोरखा १ मा अहिले नौ राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार थिए । एक स्वतन्त्र उम्मेदवार र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार गरी दुई दलका उम्मेदवारले एकसय मत पनि पु¥याउन सकेनन् । ०७४ मा यहाँ ८ राजनीतिक दलका मात्रै उम्मेदवार चुनाव लडेका थिए । तीनवटा दलका उम्मेदवारले हजार मत कटाएका थिए भने एउटा उम्मेदवारले एकसयभन्दा कम मत पाएका थिए ।
गोरखा २ मा प्रतिनिधिसभातर्फ दुईजना स्वतन्त्र र १० राजनीतिक दल सहित १२ जना उम्मेदवार अहिले थिए । ०७४ मा स्वतन्त्र उम्मेदवार थिएनन् । नौ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा थिए । तीनवटा दलका उम्मेदवारको मत एकसय भन्दा कम थियो ।
गोरखा १ प्रदेश सभा क मा ६ वटा राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार बीच प्रतिस्पर्धा भयो भने पहिले तीन जना दलका र एक स्वतन्त्र गरी चारजना मात्रै उम्मेदवार थिए । गोरखा १ ख मा एक स्वतन्त्र र छ वटा राजनीतिक दलका गरी सात जना उम्मेदवार अहिले थिए । पहिले यहाँ तीनवटा दलका मात्रै उम्मेदवार बीच प्रतिस्पर्धा भएको थियो ।
गोरखा २ प्रदेश सभा ‘क’ मा ०७४ मा सातजना दलका उम्मेदवार थिए । अहिले यहाँ छ वटा दल र एक स्वतन्त्र गरी सातैजना उम्मेदवार भए । ख प्रदेशमा पहिले पाँच पार्टीको मात्रै उम्मेदवार थिए भने अहिले एक स्वतन्त्र र पाँचवटा दलको उम्मेदवार बीच प्रतिस्पर्धा भयो ।
२०७४ को निर्वाचनमा एकजना मात्रै स्वतन्त्र उम्मेदवार प्रदेश सभामा लडेका थिए भने अहिले प्रतिनिधि सभा र प्रदेश सभा गरी छ वटामा सात जना स्वतन्त्र उम्मेदवार थिए । उम्मेदवार थपिँदा पनि मत बाँडिएको देखिन्छ ।




