
गोरखामा २४ जना उम्मेदवारले एक हजार मत पनि ल्याउन सकेनन्
मंसीर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गोरखामा कुल ४९ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये २० जनाले एकहजार मत कटाउन सकेनन् । ४ जनाले एकसय मत पनि कटाउन सकेनन् ।
गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ उम्मेदवार बनेकामध्य २ जनाले एकसय र ५ जनाले एकहजार मत ल्याउन सकेनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामका अनुसार स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका विष्णु पुडासैनी र नेपाल मजदुर किसान पार्टीका लिलाकुमारी बुढाथोकीले एकसय मत ल्याउन सकेनन् । पुडासैनीले ५२ मत ल्याए भने बुढाथोकीले ५१ मत मात्र ल्याए ।
गोरखा १ बाट प्रतिनिधिसभातर्फका पाँचजना उम्मेदवारले एक हजार मत पनि कटाउन सकेनन् । उनीहरुमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका उदयप्रसाद भट्टले आठ सय ५२, मंगोल नेशनल अर्गनाइजेशनका देव बहादुर थापाले ६ सय २३ र जनता समाजवादी पार्टीका रुपेश रानाले २३६ मत मात्र ल्याएका छन् । नेपाल सुशासन पार्टीका मिनकुमार श्रेष्ठले एकसय ४५ र जनसमाजवादी पार्टी उत्तरकुमार खड्का एकसय ६७ मत मात्र ल्याए ।
गोरखा १ बाट प्रदेशसभा १ मा कुल ७ जना उम्मेदवारमध्ये एकजना एकसय र दुई जनाले एकहजार मत कटाउन सकेनन् । नेशनल पिपल्स पार्टीका विष्णुबहादुर कुवरले ५३ मत मात्र प्राप्त गरे । मंगोल नेशनल अर्गनाइजेशनले आठसय ४७ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका हरिराम अर्यालले एकसय ८३ मत मात्र ल्याएका छन् ।
गोरखा १ प्रदेशसभा २ मा एक जनाले एकसय र तीन जनाले एक हजार मत समेत कटाउन सकेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सरिता देवकोटाले जम्मा ८४ मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमनाथ अधिकारीले ५ सय ३४, नेशलिष्ट पिपल्स पार्टीका रामचन्द्र कुमालले एक सय ३६, मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर थापाले दुई सय ४१ मत मात्र प्राप्त गरे ।
गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ एक जनाले १ सय र ६ जना उम्मेदवारले एक हजार मत समेत कटाउन सकेनन् । प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका नेपाल मजदुर किसान पार्टी प्रल्हाद लामिछाने एकसय मत पनि ल्याउन नसकेको हो । उनले जम्मा ३१ मत ल्याए ।
गोरखा २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका ६ जनाले एकहजार मत पनि ल्याउन सकेनन् । उनीहरुमध्य हाम्रो नेपाल पार्टी प्रकाश थापाले २ सय ४६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलबहादुर बस्नेतले एकसय ९ मत र नेपाल कम्युनिष्ट पार्टी(माक्र्सवादी लेनिनवादी पार्टी)का ५ सय २९ मत ल्याएका थिए ।
नेपाली काँग्रेस(वि.पी.)का टिकादत्त पोखरेल एकसय ३० मत, स्वतन्त्रतर्फबाट उम्मेदवार बनेका गणेश देवकोटाले ६ सय ४८ मत र विनोदकुमार गुरुङले एक सय ५ मत मात्र प्राप्त गरे ।
गोरखा क्षेत्र नं २ मा प्रदेशसभा १ मा ७ जना उम्मेदवारमध्ये दुईजना बाहेक अन्य उम्मदेवार एकहजार मत कटाए । हजार मत कटाउन नसक्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुबोध बस्न्यात र मंगोल नेशनल अर्गनाइजेशनका विपिका बराम गुरुङ रहेका छन् । बस्न्यातले २ सय ५८ मत र गुरुङले तीन सय ४ मतमात्र प्राप्त गरे ।
गोरखा २ को प्रदेशसभा २ मा ६ जना उम्मदेवार मध्ये दुई जना उम्मेदवारले एकहजार मत पनि कटाउन सकेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सफिदिन मियाँले एकसय ७७ मत गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ठाकुरप्रसाद लामिछाने आठसय ६९ मत प्राप्त गरेका थिए ।




