
गोरखामा प्रतिनिधिसभाका ३४ जना उम्मेदवारको धरौटी जफत
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी दिएका १७ उम्मेदवारको धरौटी जफत भएको छरु। जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार सदर मतको कम्तीमा १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार प्रतिनिधिसभा तर्फ गोरखामा १ मा नेपाली काँग्रेस र नेकपा एमालेबाहेक सबै उम्मेदवारको धरौटी जफत भएको छ । राप्रपाका उदय भट्ट, राष्टिूय स्वतन्त्र पार्टीका सुवर्ण रोकाय, जसपाका रुपेश राना, मंगोल नेशनल अर्गनाइजेशनका देवबहादुर थापाको धरौटी जफत भएको छ ।
त्यस्तै सुशासन पार्टीका मिनबहादुर श्रेष्ठ, जनसमाजवादी पार्टीका उत्तरबहादुर खड्का, नेमकिपाका लीलाकुमारी बुढाथोकी र स्वतन्त्र उम्मेदवार विष्णु पुडासैनीको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अन्य उम्मेदवारको धरौटी रकम जफत भएको होरु। राप्रपाका सुशील पन्त, राप्रपा नेपालका कुलबहादुर बस्नेत, नेपाली कांग्रेस(विपी)का टिकादत्त पोखरेल, नेकपा मालेका नारायणबाबु आचार्यको धरौटी जफत भयो ।
त्यस्तै नेमकिपाका प्रल्हाद लामिछाने, मंगोल नेशनल अर्गनाइजेशनका सोमबहादुर गुरुङ, हाम्रो नेपाल पार्टीका प्रकाश थापा र स्वतन्त्र उम्मेदवारहरु गणेश देवकोटा र विनोदकुमार गुरुङको धरौटी जफत भएको कार्यालयले जनाएको छ ।
प्रदेशसभातर्फ पनि निकटत्तम प्रतिस्पर्धीबाहेक सबैको धरौटी जफत भएको छ । गोरखा १ को प्रदेश १ बाट उम्मेदवार बनेका मंगोल नेशनल अर्गनाइजेशनका गंगाबहादुर राना, राप्रपाका सुदीप ढकाल, राप्रपा नेपालका हरिराम अर्याल, पिपल्स पार्टीका विष्णुबहादुर कुँवर र स्वतन्त्र उम्मेदवार रामशरण आचार्यको धरौटी जफत भएको छ ।
गोरखा १ को २ बाट उम्मेदवार बनेका राप्रपाका सोमनाथ अधिकारी, राप्रपा नेपालकी सरिता देवकोटा, मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर लामा र पिपल्स पार्टीका रामचन्द्र कुमालको धरौटी जफत भएको कार्यालयले जनाएको छ ।
त्यस्तै गोरखा २ को १ का उम्मेद्वार राप्रपाका राजेन्द्र शाह, राप्रपा नेपालका सुवोध बस्नेत, मंगोल नेशनल अर्गनाइजेशनका दिपीका गुरुङ बराम, हाम्रो नेपालका सरोज गिरी र स्वतन्त्र उम्मेद्वार बिलबहादुर तामाङको धरौटी पनि जफत भएको छ ।
त्यस्तै गोरखा २ को प्रदेश २ का उम्मेद्वारहरु राप्रपाका ठाकुर लामिछाने, राप्रपा नेपालका सफिदिन मियाँ, मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घले र स्वतन्त्र उम्मेद्वार हरि पोखरेलको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छरु। ती उम्मेदवारले सम्बन्धित क्षेत्रमा सदर भएकामध्ये १० प्रतिशतभन्दा कम मत पाएमा धरौटी जफत हुने निर्वाचन कानुनमा व्यवस्था छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गोरखा क्षेत्र नं १ मा कुल ६० हजार दुईसय ८२ मत खसेकोमध्य ५७ हजार दुई ३१ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत हुनका लागि पाँच हजार सात सय २४ मत कटाउनुपर्ने थियोरु। त्यस्तै, गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ कुल ५४ हजार ४४ मत खसेकोमा ५० हजार नौ सय १८ मत सदर भएका थिए । सदर मतको १० प्रतिशत हुनका लागि ५ हजार ९२ मत ल्याउनुपथ्र्यो ।
जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार सदर मतको १० प्रतिशत मत पाएका उम्मेदवारले अन्तिम परिणाम आएको तीन महिनाभित्र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएपछि धरौटी रकम फिर्ता हुन्छ । १० प्रतिशत मत प्राप्त नगरेका उम्मेदवारले जम्मा गरेको रकम तीन महिना कटेपछि नेपाल सरकारको राजस्व खातामा जम्मा हुन्छ ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको सम्पूर्ण प्रक्रिया सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




