| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा लागुऔषध सहित दुईजना लागुऔषध कारोबारी पक्राउ

गोरखामा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । गोरखा नगरपालिका–१० छेवेटारबजारका ३० बर्षीय अजय गुरुङ र अर्का एक जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले लागूऔषध डाईजेपाम ५८ पिस, फेनारगन ५८ पिस, नोफिन ५८ पिस, नगद २८ हजार रुपैयाँ र मोबाईल चारथान बरामद गरेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखा र प्रहरी चौकी बाह्रकिलोबाट खटिएको प्रहरीले घरमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेकाहरुलाई आइतबार लागू औषध डाईजेपाम शीर्षकमा मुद्धा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्