
गोरखा १ मा राजेन्द्र बजगाईँको जीत सुनिश्चित
गन्न बाँकी मत भन्दा मतान्तर धेरै भएपछि गोरखा १ मा राजेन्द्र बजगाईको जीत सुनिश्चित भएको छ ।
साँझ साँढे ६ बजेसम्मको मतगणनाअनुसार गोरखा १ मा ४९ हजार ३३१ मत गणना भइसकेको छ । अब जम्मा ११ हजार एकसय मत मात्र गन्न बाँकी छ । जसमध्य बजगाईँले २८ हजार ५२८ मत प्राप्त गरिसकेका छन् ।
उनका निकटत्तम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतले १३ हजार १३० मत प्राप्त गरेका छन् ।
जसमा मतान्तर १५ हजार ३९८ रहेको छ । गणना गर्न बाँकी रहेको भन्दा मतान्तर धेरै भएकाले बजगाईँको जीत सुनिश्चित भएको हो ।




