
गोरखा १ मा बजगाई र २ मा दाहालको फराकिलो मतान्तर
गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाई र २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फराकिलो मतान्तर सहित निरन्तर अगाडी छन् ।
गोरखा १ मा ४२ हजार एक सय २७ मत गणना गर्दा बजगाईले २४ हजार तीन सय मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रामशरण बस्नेतले ११ हजार तीन सय २१ मत प्राप्त गरेका छन् ।
गोरखा क्षेत्र नम्बर २ मा ३७ हजार तीन सय ३२ मत गणना गर्दा दाहालले १९ हजार पाँच सय ३१ मत पाए भने निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले सात हजार एक सय ६७ मत पाए । नेकपा एमालेका अब्दुस मियाँले पाँच हजार एक सय तीन मत प्राप्त गरे । दुबै क्षेत्रको मत गणना जारी छ ।




