| मङ्लबार, कार्तिक २४, २०८३

उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु

गोरखा क्षेत्र नम्बर १ को २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मत पेटिका ल्याउन क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

हेलिकप्टर विहानै पठाउने तयारी भएपनि बाक्लो हुस्सुदेखिएका कारण ढिला भएको प्रजिअ आचार्यले जानकारी दिए ।
दलका प्रतिनिधि र उम्मेदवारका प्रतिनिधिको रोहवरमा हेलिकप्टरबाट मतपेटिका ल्याइएको छ ।

तीन पटकमा चुमनब्री गाउँपालिकाको २२ वटा केन्द्रका मतपेटिका ल्यानेछ ।

गोरखा नगरपालिका वडा नं ८ स्थित आहालेमा हेलिकप्टर ल्याण्ड गरी त्यहाबाट गाडीबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याएको हो ।

अन्य केन्द्र र गोरखा २ को सबै मत पेटिका भने सदरमुकाम आईसकेको प्रजिअ आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्