
गोरखाका ३१७ वटै मतदानस्थलमा धमाधम मतदान
गोरखाका सबै मतदान केन्द्रमा शान्तपूर्वक धमाधम मतदान भइरहेको छ । जिल्लाका २२२ मतदानकेन्द्रका ३१७ वटै मतदान स्थलमा धमाधम मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले जानकारी दिए ।
‘अत्याधिक चिसोका कारण उत्तरी भेगका केही मतदानकेन्द्रमा आधाघण्टा ४५ मिनेट ढिला गरी सुरु भए र कतै प्राविधिक बिषयमा केही ढिला भएपनि अहिले सबै मतदान केन्द्रमा शान्तपूर्वक धमाधम मतदान चलिरहेको छ’, उनले भने, ‘निर्वाचन प्रक्रिया भने निर्धारित समय बिहान सातबजेबाटै सुरु भएको थियो ।’
गोरखामा कूल दुईलाख २० हजार ६३७ मतदाता रहेका छन् ।




