
निर्वाचन आचारसंहिता उल्लंघनका घटना कम हुदै गएको छ : इन्सेक
नेपालमा पछिल्लो समयमा निर्वाचन आचार संहिता उल्लंघनसम्बन्धी घटना कम हुदै गएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले जनाएको छ ।
निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवारहरुलाई निर्वाचन आचारसंहितको कार्यान्वयनमा कडाई गरेसँगै निर्वाचन आचारसंहिता उल्लंघन सम्बन्धी गविविधिहरु कम हुँदै गएको सोमबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन काक्र्रम गरी इन्सेकका गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलले बताए ।
स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन सबैको सरोकार सम्बन्धी पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
निर्वाचन आयोगले उम्मेदवारहरुलाई प्रचारप्रसारका लागि निश्चित मापदण्ड तोकेको र सो मापदण्ड उल्लंघन गरे तत्काल कारवाही गर्ने, जरिवाना तिराउने तथा उम्मेदवारी नै खारेज गर्ने हुँदा निर्वाचन आचारसंहिता उल्लंघनको घटना कम हुँदै गएको उनले जानकारी दिए । इन्सेकका टोली सोमबार गोरखाको पालुङ्टार, गोरखा नगरपालिका लगायतका ठाउँहरुमा पनि स्थलगत अनुगमन गरिएको थियो । सो क्रममा केही ठाउँमा निर्वाचन आचारसंहित विपरीत राजनीतिक दलका झण्डाहरु, सवारी साधन, उम्मेदवारको फोटो सहितका व्यानर छरपस्ट राखिएको भेटिएको उनले बताए ।
सोही कार्यक्रममा इन्सेकले मंसीर ४ गतेको निर्वाचनका लागि नेपालभर ८ सय र गण्डकी प्रदेशमा ७६ जना पर्यवेक्षक खटाइएको उनले जानकारी दिए । उनीहरुले निर्वाचनअघि, मतदानको दिन र निर्वाचन सम्पन्नपछि गरी तीन चरणमा निर्वाचन गतिविधिको परिवेक्षण गर्ने उनले बताए ।
निर्वाचनमा खटिएका पर्यवेक्षकले हरेक मतदान केन्द्रमा निर्वाचन आचारसंहितको पूर्ण परिपालना भए नभएको र, मतदान केन्द्र अपाङ्गमैत्री, लैंगिकमैत्री भए नभएको लगायतका गतिविधि अवलोकन गरी थप सुधार गर्नुपर्ने विषयहरुलाई टिपोट गरी निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा सुझाव पेश गर्ने गरेको इन्सेक गण्डकी प्रदेशसका संयोजक खकुरेलले जानकारी दिए ।
निर्वाचनमा खटिएका पर्यवेक्षकहरुलाई निर्वाचन आचारसंहितलाई पूर्ण पालना गर्दै आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गरिएको उनले बताए । इन्सेकले आगामी निर्वाचनका लागि गोरखामा ६ जना प्रतिनिधि खटाएको कार्यक्रम प्रमुख सवनम शर्माले जानकारी दिइन् ।
आगामी दिनमा हुने निर्वाचनमा थप व्यवस्थित बनाउन स्थानीय, प्रदेश र संघको निर्वाचन मितिसहितको क्यालेन्डर बनाउन इन्सेकले निर्वाचन आयोगलाई सुझाव दिएको उनले बताए । राजनीतिक दलहरुले आफनो स्वार्थ अनुकुल निर्वाचनको मिति तोकिने भएकाले निर्वाचन गर्ने समयको निश्चित समय तोक्नुपर्ने उनको भनाइ छ ।
निर्वाचनलाई स्वच्छ, शान्त भयरहित वातावरणमा सम्पन्न गराउनका लागि राज्यलाई सहयोग गर्न पर्यवेक्षक खटाएको उनको भनाइ छ । पर्यवेक्षकबाट आएको सुझावले आगामी दिनमा निर्वाचनलाई कम खर्चिलो हुने गरी र आचारसंहिता पालना गर्न आयोगलाई धेरै मद्दत पुग्ने पनि उनले जानकारी दिए ।
कार्यक्रममा मानव अधिकार संन्जाल गोरखाका संयोजक यदु अधिकारीले गोरखामा साना राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता विपरीत विभिन्न ठाउँमा गाडीसहित माइकिङ गर्दै हिडेको बताए ।
गोरखाका दुर्गम क्षेत्रमा मतदाता मतदान गर्न घण्टौँ पदलयात्रा गर्नुपर्ने बाध्य रहेकाले उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ने र केही ठाउँमा मतदाताहरुलाई गाडीमा ल्याएर भोट हाल्न लगाउने र पछि घर फर्किदा अलपत्र पर्ने गरेकाले आयोगले यसमा विशेष ध्यान दिनुपर्ने नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाले बताए ।
सोहि कार्यक्रममा गोरखामा नियोगले पनि १५ जना पर्यवेक्षक खटाउने निर्णय गरेको छ । नियोग गोरखाका सचिव रमेश अधिकारीले गोरखामा निष्पक्ष, शान्त, धाँदलीरहित वातावरणमा निर्वाचनलाई सम्पन्न गर्न र गोरखामा १५ जनाले देशभरिमा २ हजार पर्यवेक्षक खटिएको उनले जानकारी दिए ।




