| मङ्लबार, कार्तिक २४, २०८३

कविता : चुनाव

डण्डप्रसाद पुडासैनी ‘दुश्मन’ :

आज किसानले खेती भित्र्याउने र लगाउने चटारोसँगै
चुनावी खेती पनि
लाउने बेला आएको छ ।
व्यक्ति चुन्ने खेती,
पार्टी छाड्ने खेती
अवस्था फेर्ने खेती

चुनावी खेती हामीले धेरै ग¥यौं र गरायौ पनि
१५ सालमा केही राजनीतिक खेतीका भाइहरुले
संविधान सभाको चुनाव गरौं भने
ठूल्दाई मान्दै मानेनन्
सान्दाईले पनि कुर्चीको सपना देखे
दुई तिहाइले चुनाव पनि जिते

१७ साल पौष १ गते
ठूलो असिना पानी प¥यो
वाली सखाप ।

३६ सालको चुनावी खेती
मुखियाले जालझेल गरेर
पहेलेको भागमा पारिदिए
हामी फेरि रनभुल्ल ।

फेरि १० वर्ष पछि
४६ साल आयो
भाइहरु जुटे
न्वारान देखिको वल लगाएर व्यवस्था फेरे,
अवस्था उस्ताको उस्तै ।

५२ मा आमूल परिवर्तन भन्दै
अर्को भाइले
आँधीवेहरी खडा ग¥यो
सवै त्राहीमाम ।

पुन ०६३ आयो
युद्ध र आन्दोलनको फ्युजन भन्दै
राजतन्त्रको सत्यनाश र
गणतन्त्रको सूत्रपात ।
कहिले चुनाव, व्यवस्थाको लागि हुँदो रहेछ,
कहिले चुनाव अवस्था फेर्न
अहिलेको चुनाव
गठवन्धन र हठवन्धन बीच हुन गइरहेछ
अग्रगमन र पश्चगमन बीच हुन गईरहेछ ।

उठ्न नपर्ने मुद्धाहरु उठेका छन्
छुट्न नपर्ने मुद्धाहरु छुटेका छन्
निरुपण भइसकेका मुद्धाहरु पुन : बल्झाइदैछ
अव कोर्टले मात्र होइन ।
जनताको भोटले अन्तिम फैसला दिनुपरेको छ ।

जनअदालतका तपाई न्यायधीशहरु
निष्पक्ष हुनुुस्
तपाईहरु कोही कोही
रनभुल्ल पर्नुभएको छ ।

प्रतिगमन आधा सच्चियो
भन्नेहरुलाई त छाडिदिनुस्
वयलगाडा चढेर
अमेरिका पुगिन्न भन्नेहरुलाई
के भन्नु हुन्छ ?

अझ मैले सुनेको
भट्टीमा भेलीको झोल खाँदै
तपाईहरु कोही कोही
अपवित्रको आरोप
लाउनुहुन्छ रे ।

३६ र ४६ को लेखाजोखा गर्नुस त
परिवर्तन कसरी आएको थियो ?
निर्दलीयता कसरी गएको थियो ?
बालुवाटारको शान्ति सम्झौता
कसले र किन गरेका थिए ?
तिनै वाम, काङ हैनन् ?
युद्ध र आन्दोलनको फ्युजन गर्ने ?
तिनै सहयोद्धा हैनन् ।
राजतन्त्रको समूल नष्ट गर्ने ?

तर दुर्भाग्य !
तिनै परिवर्तनकारीहरु
आफै परिवर्तन हुन सकेनन्
भन्छ मेरो कविता ।

परस्परका छिनाझम्टीले
विकाश र सम्बृद्धि
सोम शर्माको
सातुको पोको हुने खतरा
नवनोस भन्छ, मेरो कविता ।

पुरातनवादीहरु
विभिन्न नाग उठाएर हान्दै र भन्दै छन्
हामी स्वतन्त्र,
हामी सक्षम,
हामी विकासप्रेमी,
हामी राष्ट्रवादी,
तिमीहरु सवै खत्तम ।

अझै कथित युट्युवे
बुद्धिजीवीहरु भन्दैछन्
सत्ता गठवन्धन गरेको
तीर र हलोसँगको गठवन्धनलाई
के भन्छौ महोदय ?

कथित स्वतन्त्रहरु ।
बहादुरी से किन पछि हटेको ?
चितवन ३ छोडेर, २ मा किन झरेको ?

स्वतन्त्रहरुको
कुरा गर्ने कविले
एमालेको कुरा नगर्दा
अपमान हुन सक्छ
त्यसैले म लेख्छु
मनी र मषलका मूर्धन्य
च्याँखे उम्मेदवार
किन थुतेको ?
ल्याइते–नवबधु ?
किन थपेको ?

वर्षौ देखि माओवादी र
काँग्रेससँग जुध्ने नेताहरुको
अपमान भएन र कमरेड ?
अव अरु किन लाग्ने
तपाईहरुको पार्टीमा ?

नेताहरुको सम्मान र
कार्यकर्ताको संरक्षण
सवैले गर्नुपर्छ
भन्छ मेरो कविता ।

यो चुनावमा, अहिले मलाई बिझेको छ
युवाहरु आउनु पर्छरे ।

जेठाहरुलाई पाखा लाउनु पर्छ रे
अझ कोही कोहीले त
तोकेरै भनेका छन्
देउवा, प्रचण्ड र के.पी.लाई
हराउनै पर्छ रे ।

अराजक युवाहरु ! २
तिमीहरुले थाहा पाउनुपर्छ,
अमेरिका र चीनमा कसले जितेको ?
गान्धी र माओले कति हाकेको ?
युक्रेनी युवाको जीतले युद्ध थोपरेको
बेलायती युवाको जीत खै त टिकेको ?
भारतीय मोदी, के तिम्रै उमेरका छन् ?
वेलायती थ्याचर र जर्मन एन्जिला मार्केललाई चिन्यौं ?
के थाहा तिमीहरुलाई
जवाहरलाल नेहरुले,
म ६६ वर्षे युवा हुँ भनेको ।

यस्ता सयौं दृष्टान्तहरु ज्वलन्त छन्,
जहाँ उमेर, चुनावी मुद्धा वन्दैनन्,
मेरो कलम अझै, सोध्छ तिमीहरुलाई
हात्तीको मालाले
देउवा प्रचण्ड र ओली बनेका हुन ?
किन खुइल्याउने, पाका पुस्तालाई ?
अझै म सोध्छु, तिमीहरुलाई,
ए. एमाले युवाहरु हो !
ओलीको जति तागत, तपाईहरुको छ ?
ए. माओवादी युवाहरु हो !
प्रचण्डको जति क्षमता तपाईहरुको छ ?
के चित्र बहादुरको जति क्षमता
कुनै मसालको छ ?
काँग्रेसका युवाहरुलाई सोध्छु म,
देउवालाई पार्टीले चुनेको हैन ?

जसको विवाह
उसैको नजिक नल्याहा ?

हिजो संविधान बलात्कृत हुँदा
हामी यहाँ छौ भन्ने को हो ?
प्रतिगमन दोहोरिदा
शेर झैं गर्जने को हो ?
तिनै देउवा र प्रचण्ड हैनन् ?

ऐले भुँडें भाग खोज्नेहरु !
लोकतन्त्र ल्याउँदा, हिजो तिमी कहाँ थियौ ?

वाघको छालामा, स्यालको दाई ?

मह काड्नेले हात चाट्यो होला,
भन्छ मेरो कविता,
चाका र रस चाहिँ,
विकास र समृद्धि मार्फत
जनतालाई देउ, भन्छ,
मेरो कविता ।

प्रसँग अझै चुनावको
ए बालेनका पछौटेहरु हो !
काठमांडौंमा त
पद्यरत्नहरुले मात्र होइन
नानीमैयाले पनि जितिन ।

आमआदमीका भैयाहरुले पनि बुझुन
यो दिल्ली र काठमाण्डौं होइन
गोरखा हो, गोरखा २

जहाँ प्रचण्डले पढाएका छन्
यहीबाट युद्धको जग बसाएका छन् ।

खेप्न त, यावत आरोप
खेपेका छन् प्रचण्डले पनि२
प्रचण्ड स्थिर भएको भए,
युद्ध देखि शान्ति सम्झौता, हुने थियो त ?
प्रचण्ड जडसूत्रवादी भएको भए,
यावत परिवर्तन, हुने थियो त ?
प्रचण्ड गतिशील नभएको भए
के.पी. को खाँडो जाग्ने थियो त ?
प्रचण्ड त्यागी नभएको भए
अहिले काँग्रेस सत्तामा हुने थियो त?

प्रश्न मेरो अझै
तिनै पूर्वाग्राहीहरुलाई
जसले काँग्रेस र कम्युनिष्ट
पचाइरहेका छैनन्
जसले गठबन्धन, रुचाई रहेका छैनन् ।

तपाईहरुले बुझनुपर्छ
गोरखालीले अहिले
चिची पनि पापा पनि पाएका छन् ।
प्रचण्ड र पाण्डेसँगैसँगै
बज्गाइँ पनि आएका छन्
देश र प्रदेशको नेतृत्व
पुन गोरखाले गर्न सक्छ ।

जीत सत्ता गठवन्धनको
अवश्यमभावी छ,

तर पनि

तपाई धुरमुरे काँग्रेसीहरु !
हँसिया हथौडामा
ढ्याप्प छाप लाईदिनुस्
परेको
(देउवा) ले व्यहोरर्छन्
तपाई धुरमुरे माओवादीहरु !
ढ्याप्प रुखमा छाप लाईदिनुस्
परेको
प्रचण्डलेले व्यहोरर्छन् ।

भनिन्छ, चुनाव हो,
जे पनि हुन सक्छ,
हार्नु पर्नेले जित्न सक्छ,
जित्नुपर्नेले हार्न सक्छ
तर
गोरखा त्यसको अपवादमा छ,
जित्ने–जित्नेले
गठबन्धन गरेपछि
कसको बाउको
के लाग्छ ?

धन्यवाद
मो. ९८५६०४०४९८

प्रतिक्रिया दिनुहोस्