
गोरखामा फेरि पाँच दिन फोहोर नउठ्ने
गोरखामा पाँच दिन फोहोर नउठ्ने भएको छ ।
गोरखा नगरपालिकाको फोहोर ब्यवस्थापन गर्दै आएको क्लिन गोरखा प्रालीले कात्तिक २६ गतेसम्म फोहोर उठाउन नसक्ने निर्णय गरेको हो ।
खोलखोलेदेखि डम्पिङसम्म जाने सडक कालोपत्रे गर्ने क्रममा रहेकाले फोहोर उठाउन नसकिएको क्लिन गोरखाले जनाएको छ । २७ गते आईतवारबाट फोहोर नियमित उठ्ने प्रालीले आईतवार सुचना जारी गर्दै जानकारी दिएको छ ।
उक्त समयमा फोहोर संकलन राम्रोसँग गर्न अनुरोध गर्दै प्रालीले असुविधाप्रति क्षमा मागेको छ ।




