| बुधबार, कार्तिक २५, २०८३

अनाथ अक्षयकोषका लागि ‘लाइभ कन्सर्ट’


बालमन्दिर माविमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यले अक्षय कोष स्थापना गर्न ‘लाइभ कन्सर्ट’ कार्यक्रम आयोजना गरिएको छ ।


बालमन्दिर माविको आयोजना तथा कालिका सांस्कृतिक कला केन्द्र र मल्टिट्यालेण्ट ग्रुपको सह–आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।


ग्रिन फरेस्ट रिसोर्टमा ‘टिकट सो’मा कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा दुवै सांस्कृतिक समूहका कलाकारहरुले कला प्रस्तुत गरेका कार्यक्रम संयोजक योगेन्द्र प्रधानले जानकारी दिए ।


उपस्थित भएका केही समाजसेवी दर्शकहरुले कार्यक्रम स्थलमै अक्षयकोष स्थापनाका लागि भन्दै आर्थिक सहयोग गरेका थिए ।


सांस्कृतिक कार्यक्रम तथा फेसबुक अभियानबाट सो अक्षयकोषका लागि चार लाख रुपैयाँभन्दा धेरै रकम संकलन भएको विद्यालयका प्रधानाध्यापक शिव थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्