
घरेलु तथा साना उद्योग कार्यालयको नाम पर्यटन तथा उद्योग कार्यालयमा परिवर्तन
घरेलु तथा साना उद्योग कार्यालय गोरखाको नाम परिवर्तन भएको छ । गण्डकी प्रदेश सरकारको भदौ २० गते बसेको मन्त्री परिषदको वैठकको निर्णय अनुसार कार्तिक एक गतेबाट पर्यटन तथा उद्योग कार्यालय भएको हो ।
पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गण्डकी प्रदेश सरकार मातहतका कार्यालयहरुको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन अनुसार अव घरेलुबाट हुने सबै काम यही कार्यालयबाट हुने उद्योग अधिकृत सूर्य भुजेलले बताए ।
साविकमा दर्ता तथा नविकरण भैरहेका लघु उद्योग, घरेलु उद्योग तथा रु छ करोड सम्म कूल पूँजी राखेर दर्ता तथा नविकरण हुने साना उद्योगहरु र रु तीन करोड रुपैँया सम्म कूल पूँजी राखेर दर्ता तथा नविकरण हुने वाणिज्य फर्महरु, उद्यमशीलता विकास तालिम, सीप विकास तालिम, जनचेतनामूलक गोष्ठीरकार्यक्रम, बजार अनुगमन लगायतका पूर्वत कामहरु कार्यालयबाट निरन्तर हुने उनले जानकारी दिए ।

अव घरेलु कार्यालयबाट हुदै आएको सबै प्रशासनिक तथा सांगठननिक गतिविधि पर्यटन तथा उद्योग कार्यालय गोरखाको नामबाट हुने उनको भनाइ छ ।
साविकका कामका अतिरिक्त अहिले अन्य काम थप भएर आएको उनले बताए । अव ट्राभल तथा टे«किङ एजेन्सी दर्ता अनुमति र नविकरण, पर्यटकीय होटल रिर्सोट लज ट्राभल गाइड ¥याफ्टिङ लगायत साहसिक पर्यटन आदिको प्रवद्र्धन दर्ता अनुमति र नियमिन पनि पर्यटन उद्योग तथा उद्योग कार्यालयबाट हुनेछ ।
त्यस्तै, वार्षिक विकास कार्यक्रम अनुसार पर्यटकीय पूर्वाधारहरुको निर्माण तथा विकास गर्ने पनि कार्यालयबाट हुने उद्योग अधिकृत भुजेलले जानकारी दिए । साथै यसअघि रहेको कार्यालयको इमेल आइडी पनि अहिले परिवर्तन भएको उनले बताए ।




