| मङ्लबार, कार्तिक २४, २०८३

तीन जिल्लाको सुरक्षा समन्वय बैठक पालुङ्टारमा

गोरखाको पालुङटारमा तीन जिल्लाका सुरक्षा समितिको पदाधिकारीको बैठक सम्पन्न भएको छ । शुक्रबार गोरखा, तनहुँ र लमजुङका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा समितिका पदाधिकारीको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको हो ।

उक्त बैठकले तीन जिल्लाको भूमि प्रयोग गरी शान्ति, सुरक्षालाई प्रभावित गर्न सक्ने परिस्थितिलाई नियन्त्रण गर्न अपनाउन सकिने उपायहरुका बारेमा छलफल भएको थियो । साथै आसन्न निर्वाचनलाई लक्षित गरी शान्ति सुरक्षा कसरी सुदृढ पार्न सकिन्छ भन्ने बारेमा पनि छलफल भएको थियो ।

साथै प्राकृतिक तथा मानव निर्मित विपत व्यवस्थापन गर्ने बिषय, अपराध नियन्त्रणका बिषयमा, लागू औषध ओसारपसार तथा प्रयोग नियन्त्रण, विविध विषयमा सूचना आदानप्रदान लगायतका विषयमा छलफल गरी निर्णय गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

सो बैठकले नदी किनारका ढुङ्गा, गिट्टी, वालुवालगायतका प्रकृतिक श्रोत संरक्षण, व्यवस्थापनको विषयमा पनि छलफल गर्दै कानुन विपरीतको कार्य गरेको पाइएमा कानुनी दायरामा ल्याउने बारेमासमेत निर्णय गरेको प्रजिअ आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्