| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा एमालेबाट यी हुन् संघ र प्रदेशका उम्मेदवार !

नेकपा एमाले गोरखाले संघ र प्रदेश क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै एमाले गोरखाले उम्मेदवारको परिचयात्मक कार्यक्रम गरेको हो ।

गोरखा क्षेत्र नम्बर १ मा केन्द्रिय सदस्य रामशरण बस्नेतले उम्मेदवारी दिने भएका छन् भने क्षेत्र नम्बर २ मा अब्दुस मियाँ उम्मेदवार बन्ने भएका छन् ।

बस्नेत गण्डकी प्रदेशका पूर्व मन्त्री हुन् भने मियाँ केही समय अघि मात्रै नेकपा एमाले प्रबेश गरेका ह्न । २०५० सालमा जन्मिएका मियाँ प्रतिनिधि सभाका कान्छा उम्मेदवार मध्ये पर्छन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग चुनावी प्रतिषपर्धा गर्दैछन् ।

गोरखा क्षेत्र नम्बर १ क मा सुरेन्द्र थापा, ख मा मोहन प्रसाद भट्टराई उम्मेदवार बन्ने भएका छन् । थापा एमालेको प्रदेश कमिटि सचिवालय सदस्य हुन् भने भट्टराई जिल्ला कमिटि सचिवालय सदस्य हुन् ।

एमालेको तर्फबाट गोरखा क्षेत्र नम्बर २ क मा राजु राना र ख मा बसन्त गुरुङ उम्मेदवार बन्ने भएका छन् । राना रामबहादुर थापा बादल सँगै एमालेमा रहेका थिए भने गुरुङ युवा संघ गोरखाका पूर्व अध्यक्ष समेत हुन् ।

एमाले प्रचार बिभाग प्रमुख शुरेस श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ, केन्द्रिय सदस्य रामशरण बस्नेत लगायत उम्मेदवारहरुले आफ्नो धारणा राखेका थिए ।

उम्मेदवार सहित केहीबेरमा मनोनयन दर्ताकालागि जाने तयारी भईरहेको एमाले जिल्ला सचिव काजिराम रोकाले बताए ।

प्रतिक्रिया दिनुहोस्