| बुधबार, कार्तिक २५, २०८३

गोरखामा मनोनयन दर्ताको अन्तिम तयारी गर्दै निर्वाचन अधिकृतको कार्यालय

मंसिर ४ गते हुने प्रदेश र संघिय निर्वाचनका लागि गोरखाका दुबै निर्वाचन अधिकृतको कार्यालय अन्तिम तयारी गर्दैछन् ।

आईतवार हुने मनोनयनका लागि कागजात, ठाउँ, समय तालिका लगायतमा निर्वाचन अधिकृत र कर्मचारीहरु शनिवार बिहानैदेखी खटिएका हुन् ।

आईतवार १० देखि ५ बजे सम्म मनोनयन दर्ताको समय रहेको मूख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए ।


प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अर्थात मूख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा रहेको छ भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय गोरखा नगरपालिका ८ दलभञ्ज्याङ स्थित भु तथा जलाधार कार्यालयमा राखिएको छ ।

क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बन्ने भएपछि गोरखा २ को चर्चा धेरै छ । मनोनय दर्ताकालागि सुरक्षा ब्यवस्था, निर्वाचन अधिकृतको कार्यालयले तयारीमा पनि विषेश रणनीति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्