| मङ्लबार, कार्तिक २४, २०८३

चुम्चेतमा पहिरोले घर भत्काउँदा तीन जना गम्भीर, दर्जन बढी घर जोखिममा

भारी बर्षाका क्रममा चुमनुब्री गाउँपालिका ६ चुम्चेतमा पहरोले दुई घर भत्काउँदा तीनजना गम्भीर घाइते भएक छन् । एक दर्जनभन्दा धेरै घर जोखिममा छन् । साविक चुम्चेत गाविसको खारमा पहिरोले घर भत्काउँदा ङवाङ तेञ्जिन लामा, उनकी श्रीमती र आमा घाइते भएका गाउँपालिका प्रमुख निमा लामाले जानकारी दिए ।
उनका अनुसार घाइते तीनैजना गम्भीर अबस्थामा छन् । सडक सञ्जालले नजोडेको त्यहा प्रतिकुल मौसमका कारण हेलिकोप्टरबाट उद्धार गर्न सकिएको छैन ।
चुम्लिङ, चुम्चेत र ताजुमा पनि पहिरोले घर जोखिममा पारेको स्थानीय गोपाल लामाले जानकारी दिए । ‘मेरो आँगन पनि पहिरोले लग्यो, अरु घरहरु पनि जोखिममा छन् । हामी त धमाधम घरबाट सामान अन्यत्र सार्दैछौँ’ उनले भने, ‘मेरो घर नजिकको झोलुंगे पुल पनि पहिरोले लाने अबस्थामा छ । ताजुमा पनि ठुलो पहिरो लगेको छ । असाध्यै ठुलो पहिरो आयो । चुम्चेतमा पनि धेरै घर पहिरोको जोखिममा छन् भन्ने सुनेको छु ।’
पहिरोले मनास्लु क्षेत्र पुगेका पर्यटकहरु समेत समस्यामा परेका छन् । जहाँतही पहिरो जाँदा बाटो अबरुद्ध भएर पर्यटक बिचल्लीमा परेका पर्यटन व्यवसायी धावा ग्याल्जेन लामा बताउँछन् । सल्लेरी, बुर, रानालगायत धेरै ठाउँमा पहिरो गएको उनको भनाइ छ । प्रतिकुल मौसमका कारण पर्यटकको उद्धार गर्न नसकिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्