
गोरखाको विकास बहश : पर्यटन, कृषि र पूर्वाधारको विकासबाट मात्र गोरखाको विकास सम्भव
गोरखाको विकास र समृद्धिका लागि पर्यटन, कृषि र भौतिक पूर्वाधारमा जोड दिनुपर्ने विज्ञहरुले बताएका छन् । गोरखा सदरमुकाममा शनिबार गोरखा विकास मञ्चद्वारा आयोजित, गोरखा जिल्लामा पर्यटन, कृषि र पूर्वाधार सम्बन्धी रणनीतिक खाका विषयमा एक दिने प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन् ।
नेपालमा भएको महत्वपूर्ण सम्पदाहरु गोरखामा रहेको तर प्रचारप्रसार गर्न नसकिएको, कृषि उत्पादनमा जोड दिन नसकिएको र जिल्लाका सबै क्षेत्रमा भौतिक पूर्वाधार पर्याप्त मात्रामा नभएका कारण गोरखा विकासका दृष्टिकोणले पछि परेको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा पर्यटनविज्ञ रामचन्द्र सेढाईँले गोरखाको पर्यटन क्षेत्रका विकासका लागि मौका, अवसर र चुनौतीका बारेमा प्रस्तुतीकरण गरेका थिए । गोरखाको पर्यटन क्षेत्रको विकासका लागि कुनै एक ठाउँमा वा एक पालिकामा मात्र विकास गरेर नहुने बताउँदै सबै स्थानीय तहमा पर्यटकीय पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिए ।
ऐतिहासिक, साहसिक, धार्मिक, जनजाति, जैविक विविधता, प्राकृतिक गरी सात भागमा विभाजन गरी गोरखाको पर्यटन क्षेत्रको विकास गर्न सकिने उनले बताए । जसमा नेपाल एकीकरण प्रारम्भ विन्दु, गोरखा दरबार, गोरखा संग्रहालय, युद्धकालमा प्रयोग भएका स्थानहरु पार्क निर्माण गरी पर्यटक आगमन वृद्धि गर्न सकिने उनको भनाइ छ । त्यस्तै, ७ हजार मिटर भन्दा अग्लो १४ वटा हिमाल भएको र विश्वकै आठौँ अग्लो मनास्लु हिमाल, लार्केपास र मनकामना, गोरखनाथ गुफा, सीतागुफा, दूधकुण्ड, नारदपोखरी लगायतका क्षेत्रको प्रसार गरेर पनि पर्यटक आगमन वृद्धि गर्न सकिने उनले बताए । उत्तरी गोरखामा रहेका विभिन्न गुम्बाहरु, जनजातिहरुको संस्कार, संस्कृति प्रदर्शन गरेर र जैविक विविधता अनुभूति दिलाएर प्राकृतिमा आफै निर्मित संरचनाहरु देखाएर पनि गोरखाको पर्यटक प्रवद्र्धन गर्न सकिने उनले बताए ।

त्यस्तै, रक क्लाम्पिङ, प्याराग्लाइडिङ, बूढीगण्डकी नदीमा ¥याफ्टिङ जस्ता साहसिक खेलहरु गराएर र विभिन्न स्थानमा सुन्दर मनोरम दृश्य देखिने ठाउँहरुमा टूेकिङ टूेलको रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरेर पनि जिल्लाको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग पुग्ने उनले जानकारी दिए । गोरखामा सरकारी र निजी क्षेत्रबाट पर्यटकी पूर्वाधारको निर्माण गरी ती पर्यटकीय गन्तव्यहरुलाई डिजिटल प्रविधि मार्पmत प्रचारपसार गर्नुपर्ने समेत उनले बताए । कार्यक्रममा अनुसन्धाकर्ता उत्तमबाबु श्रेष्ठले गोरखाको पर्यटन, कृषि र भौतिक पूर्वाधार क्षेत्रको विकासका लागि सर्वप्रथम प्राथमिकता निर्धारण गरी काम अघि बढाउनुपर्ने बताए ।
विगतमा सबै काम गर्छु भन्ने तर अन्तिममा कुनै काम नहुने गरेको बताउँदै प्राथमिकता निर्धारण गरी क्रमैसँग विकास निर्माण कार्यलाई अघि बढाउदै लैजाउनुपर्नेमा उनले जोड दिएका थिए । उनले गोरखाका प्रसिद्ध धार्मिक स्थल मनकामनामा आउने पर्यटकको ३०÷४० प्रतिशत मात्र गोरखा सदरमुकाम ल्याउन सकेमा जिल्लामा पर्यटकको संख्या ह्वातै बढ्ने बताउदै उनीहरुलाई गोरखाको इतिहासदेखि हालसम्मको उपलब्धीहरु देखाउन सबै समेटिने गरी एउटा व्यवस्थित पार्क बनाइनुपर्ने श्रेष्ठले बताए । नेपालमा कोभिडपछि विदेशी भन्दा आन्तरिक पर्यटकहरु घुमफिर गर्ने क्रम बढेकाले सोही अनुसार पूर्वाधार निर्माण गरी आन्तरिक पर्यटक आगमनमा जोड दिनुपर्ने उनले बताए ।
गोरखाका ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा पछिल्लो समयमा पुराना मौलिक पहिचान झल्किने घरहरु हराउदै गएको र ठूल–ठूला आरसीसीका घरहरु निर्माणको क्रम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए । भूगोल र जाति अुनसार फरक फरक मौलिक पहिचान बोकेका घर निर्माण गर्न र त्यस प्रकारका घर निर्माण गर्ने दक्ष जनशक्तिलाई प्रोत्साहनका लागि स्थानीय तहले पनि बजेटको विनियोजन गर्नुपर्ने श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रकृतिमा प्राकृतिक रुपमा आफै निर्मित भएका सम्पदाहरु अत्यन्तै सुन्दर भएको तर मानव निर्मित संरचनाका कारण प्राकृतिमा रहेका सुन्दर संरचनाहरुलाई पनि कुरुप बनाइदिएको उनले बताए ।
छलफल कार्यक्रममा गोरखाबासीले अध्ययन नै नगरी जताततै बाटो खनेका कारण अहिले बाढी पहिरो लगायतका प्राकृतिक विपद सामना गर्नुपरेको बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्थापना इकाइ प्रमुख डाक्टर जगतकुमार श्रेष्ठले बताए । गोरखाबासीलाई ६ सय किलोमिटर सडक भए पुग्ने तर अहिले १२ सय किलोमिटर भन्दा बढी सडक खनिसकेको उनको भनाइ छ । गोरखाको पूर्वाधार विकास सडक सञ्जाल र बस्ती विकासको प्रस्तुतीकरणको क्रममा उनले ग्रामीण क्षेत्रमा मानिसहरु रोजगारी, शिक्षा र सुविधाका लागि गाउँबाट सहरतर्फ बसाई सर्ने क्रम दिनप्रतिदिन बढ्दै गएको बताए । उर्वरा जमिनमा मानिसले घरनिर्माण गर्नु र स्वदेशमै खेतीपाती गर्ने मानिसको अभाव हुदा परनिर्भरता बढ्दै गएको उनले बताए । अहिले गाउँका मानिसहरु आफ्नो आवश्यकता पहिचान गर्न नसक्दा सहरमा बसाई सरेको र सहरमा पनि सहरी गरिब बढ्दै गएका डा. श्रेष्ठले जानकारी दिए ।
प्राकृतिक विपत्तिबाट हुने मानवीय क्षतिलाई कम गर्न जोखिमयुक्त ठाउँमा बसाई सर्न नहुने, सुरक्षित ठाउँमा बसाई सर्नुपर्ने र एकीकृत बस्तीमा जोड दिनुपर्ने उनको भनाइ छ । अभिमुखीकरण कार्यक्रममा गोरखाका डाक्टर सुरज पोखरेलले गोरखाको समृद्धिका लागि कृषिको भूमिकाका विषयमा प्रस्तुतीकरण दिएका थिए । उनले गोरखाको खाद्यान्नको अवस्था र जिल्लाका ११ वटा स्थानीय तहमा भूगोल अनुसार कुन कुन खेती गर्न सकिन्छ लगायतका विषयमा सहभागिहरुलाई जानकारी गराइएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरले छलफलमा उठेका कुराहरुलाई स्थानीय तहका जनप्रतिनिधि, सम्बन्धितसरोकारवाला निकायहरुले व्यवहारमा पनि कार्यान्वन गर्न अनुरोध गरे । गोरखा विकास मञ्च काडमाण्डौका संयोजक हेमराज ढकाल, जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामगर, बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्थापना इकाइ प्रमुख डा. जगतकुमार श्रेष्ठ, बारपाक सुलिकोट भीमसेन थापा, सहिदलखन गाउँपालिकाका अध्यक्ष लगायत पालिका प्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।




