| मङ्लबार, कार्तिक २४, २०८३

व्यापारीको अटेरी, पटकपटक म्याद नाघेका सामान फेला

अनुगमन टोलीले बारम्बार सचेत गराउँदा पनि गोरखा बजारका पसलहरुमा म्याद नाघेका खाद्य सामग्री बेच्न छाडिएको छैन । पटक पटक गरिएको अनुगमनमा अनुगमनकर्ताले म्याद नाघेका सामग्री नष्ट गर्न निर्देशन दिए पनि व्यापारीहरुले उपभोक्ताको स्वाथ्यमाथि खेलबाड गर्दै म्याद नाघेकै सामान बेच्ने गरेको पाइएको हो ।

No description available.

जिल्ला स्तरीय सर्वपक्षीय अनुगमन टोलीले शुक्रबार बजार अनुगमन गर्दा खाद्यान्न, किराना पसल, कुटानी पिसानी मिलका व्यापारीहरुको व्यापारिक फर्ममा म्याद नाघेका खाद्य सामग्री फेला पारेको छ ।

No description available.

उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष खेलवाड गर्दै आएका अधिकांश व्यापारीहरुको सामान अनुगमन टोलीले जफत गरेको छ भने केहीको कुटानी पिसानी मिल बन्द गरिदिएको छ । जिल्लास्तरीय बजार अनुगमन टोलीले खाद्यान्न र मसला पसलमा गरेको अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री भेटिएपछि जफत गरेको हो ।

No description available.

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत छविलाल श्रेष्ठको नेतृत्वमामा पुरानो बसापर्कदेखि नयाँ बजारका किराना, खाद्य र कुटानी पिसानी पसलहरुमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा खाद्यान पसलहरुमा म्याद नाघेका हर्लिक्स, बिस्कुट, मिश्रीलगायतका सामान भेटिएको थियो । त्यस्तै, कुटानीपिसानी मिलहरुमा पनि मसला, बेसार, चियापति, मसलाहरु म्याद गुज्रिएता पनि बिक्री वितरण भइरहेको भेटिएको थियो । ती सामग्रीहरु सबै जफत गरिएको छ ।

No description available.

सबै व्यापारीलाई हप्ताको एक पटक आफ्नो पसलमा रहेका सामानहरुको म्याद चेक गर्न समेत अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत छविलाल श्रेष्ठले बताए । अनुमगन टोलीले किराना, खाद्यान्न, कुटानी पिसानी गरी १३ वटा पसलमा अनुगमन गरेको थियो ।

No description available.

यसअघि अनुगमन गरिसकेको ठाउँहरुमा पनि म्याद गु्रजिएका खाद्यन्न सामग्रीहरु भेट्ने गरेको भन्दै अनुगमन टोली रुष्ट बनेको छ । केही पसलहरुमा साइनबोर्ड, मूल्यसूची नराखिएको र दर्ता नविकरण नगरी संचालन गरिरहेको भेटिएको थियो । त्यस्ता व्यापारीहरुलाई दुईदिनभित्र पसल दर्ता र नविकरणका साथै मूल्य सूची र साइनबोर्ड राख्न निर्देशन दिइएको छ ।

No description available.

खाद्यान्नका किराना पसलहरुमा सरसफाईमा ध्यान नदिइएको भेटिएकाले सरसफाइमा ध्यान दिन र खाद्यान्न सामान लेबललिङ गरेर मात्र बिक्री वितरण गर्न आग्रह गरिएको छ । शुक्रबार करिब १० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री जफत गरिएको थियो भने दर्ता नगरी संचालन गरिरहेको तीन वटा कुटानी पिसानीमिलको तार काटिदिएको श्रेष्ठले बताए ।

No description available.

त्यस्तै, फेन्सी तथा कुटानी पिसानी पसलहरु अधिकांश दर्ता नगरी संचालनमा रहेको दर्ता गरेको मात्र संचालन गर्न निर्देशन दिएको छ । सोही क्रममा बसपार्कमा दर्ता नगरी संचालन गरिरहेका प्यूस किराना पसललाई बन्द गराएको छ । दर्ता गरेर मात्र संचालन गर्न निर्देशन दिएको छ भने मसला पिस्ने मेसिन राखिएको पसलहरुमा मेसिन दर्ता गरेर मात्र संचालन गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्