
काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन
विकास निर्माणको काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले निर्देशन दिएको छ । जिल्लाभित्रका विभिन्न स्थानमा आयोजनाको जिम्मा लिएर तोकिएको समयभित्र काम सम्पन्ननगर्ने व्यवसायीलाई कारबाही गरी जानकारी पठाउन प्रशासन कार्यालयले आग्रह गरेको छ ।
सबै सरकारी कार्यालयलाई विहिबार पत्र पठाउँदै विकास आयोजनाको जिम्मा लिएका तर तोकिएको समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाहीका गर्न भनिएको हो ।
विकास आयोजना समयमा सम्पन्न नहुँदा राष्टूको आर्थिक विकासको लक्ष्य हासिल हुनेमा बाधा पुगेको कार्यालयको ठहर छ । त्यसैले विकास आयोजनामा ढिलासुस्ती र लापरवाही गर्ने निर्माण व्यवसायीलाई तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन र समन्वय गरिदिन समेत अनुरोध गरिएको प्रशासकीय अधिकृत चुणानिधि तिवारीले बताए ।
कार्यालयको निर्देशन अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई नियम अनुसार आवश्यक कारबाहीका लागि प्रशासन कार्यालयमा जानकारी गराउन समेत भनिएको छ ।




