| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचन कार्यालय तोकियो

मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि गोरखामा मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले गोरखा जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्मालाई मूख्य निर्वाचन अधिकृत तोकेको छ ।

साथै शर्मालाई क्षेत्र नं. १ को निर्वाचन अधिकृत पनि तोकिएको छ । विशेष अदालतका उप(सचिव नारदप्रसाद भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत तोकेको छ ।

असोज ११ गतेदेखि लागु हुनेगरी निर्वाचन अधिकृतहरुलाई नियुक्त गरिएको आयोगले प्रकाशित सुचनामा उल्लेख छ । साथै क्षेत्र नं. १ र क्षेत्र नं. २ को कार्यालय जिल्ला सदरमुकामलाई नै तोकिएको छ । दुवै क्षेत्र सदरमुकामसित जोडिने हुँदा दुवै क्षेत्रको निर्वाचन कार्यालय सदरमुकाममै तोकिएको हो ।

असोज १२ र १३ गते मूख्य र निर्वाचन अधिकृतलाई निर्वाचन ब्यवस्थापन संम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिने आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।

यस्तै तनहुँमा जिल्ला न्यायाधिश हरिश्चन्द्र ढुङ्गानालाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिबक्ता गोबिन्द उपाध्यायलाई क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्