| बुधबार, कार्तिक २५, २०८३

गोरखा फुलेजका गंगामायाको छोरा नुरप्रसाद पक्राउ

गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारी पक्राउ परेका छन् । न्याय परिषदको कार्यालयमा हुलदंगा मच्चाएको भन्दै बिहिबार प्रहरीले उनलाई पक्राउ गरेको हो । सर्वोच्च अदालतभित्रै रहेको न्याय परिषद्‌को कार्यालयमा तोडफोड गरेको आरोपमा अधिकारी पक्राउ परेका हुन् ।

न्याय परिषद्‌का प्रवक्ता मानबहादुर कार्कीले दिएको जानकारी अनुसार नुरप्रसादले मुद्दा शाखामा तोडफोड गरेका हुन्। नुरप्रसाद गंगामाया अधिकारीका छोरा हुन्। 

माओवादी जनयुद्धमा आफ्ना भाइ कृष्णप्रसाद अधिकारीलाई माओवादीले गैरन्यायिक हत्या गरेको भन्दै उनी २० बर्षदेखि आन्दोलित छन् । उनका बुबा नन्दप्रसाद अधिकारी न्यायका लागि अनसन बस्दाबस्दै गत २०७१ सालको असोज ६ गते मृत्यू भएको थियो भने आमा गंगामाया अहिलेसम्म पनि अनसनमै छिन् ।

फाईल फोटो : दरौँदी

प्रतिक्रिया दिनुहोस्