| बुधबार, कार्तिक २५, २०८३

आदिवासी जनजातिको हकअधिकारका लागि संघर्ष बाँकी छ : नेता श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आदिवासी जनजातिको हक अधिकारका लागि अभैm संघर्ष गर्न बाँकी रहेको बताएका छन् । गोरखाको पालुङटारमा २८ औँ विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा उनले राज्यका हरेक तहमा समानुपातिक हकअधिकारका लागि अभैm संघर्ष गर्न बाँकी रहेको बताए ।


‘अहिले संघीयतापछि जनताको हातमा राज्यको सत्ता आएको छ । जनताले राज्यको शासन गर्न पाउने विभिन्न अवसर सिर्जना भएको छ । यो आदिवासी जनजातिहरुका निम्ति गर्वको विषय हो तर जनजाति आदिवासीले संघर्ष गर्न अझै बाँकी छ’, उनले भने, ‘आफ्नो हक अधिकारलाई समानुपातिक समावेशीको विन्दुसम्म पु¥याउन, भाषिक, साँस्कृतिक, पहिचानलाई अभैm बढी सुदृढ रुपमा स्थापित गर्न र राज्यको रोजगारी र सेवाहरुमा त्यहि प्रकारका हक अधिकार स्थापित गर्न अभैm पनि हामीले संर्घष गर्नुपनेछ ।’


बाँकी हकअधिकार प्राप्तिका निम्ति आदिवासी जनजातिसँगै अरु उत्पीडित वर्ग, मजदुर किसान, महिला, दलित, मधेसी, पिछडिएको सबै उत्पीडित वर्ग र समुदायसँग मिलेर नै संघर्ष गर्नुपर्ने उनले बताए । ‘आज नेपाल बहुजातीय, बहुभाषीय, बहुसाँस्कृति राज्यको रुपमा घोषित छ, नेपाल यस भन्दा अगाडि एकात्मक, केन्द्रिकृत राज्य व्यवस्था थियो । हामीले ठूलो सर्घष गरेपछि अहिले संघीयताका रुपमा घोषित भएको छ,’ उनले भने ।


नेपालमा पछिल्लो समयमा वैदेशिक हस्तक्षेप बढ्दै गएकाले हिमाल, पहाड र तराइका सबै आदिवासी जनजाति एकजुट हुनुपर्नेमा उनले जोड दिए । सबै एकताबद्ध भएर आन्तरिक राष्ट्रियता अझ बलियोे बनाउनुपर्ने र नेपालमा वैदेशिक हस्तक्षेपका विरुद्धमा लड्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्