| बुधबार, कार्तिक २५, २०८३

गोरखा–आँबुखैरेनी सडक तीन घण्टापछि खुल्यो

गोरखा–आँबुखैरेनी सडक खण्ड पहिरोका कारण सोमवार तीन घण्टा अवरुद्ध भयो । दिउँसो १२ः५० मा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । करिब तीन घण्टा पछि सडकमा खसेको पहिरो पन्छाएर सवारी दोहोरो रुपमा सुचारु गरिएको थियो ।


गत वर्षपनि पहिरो बगेको उक्त ठाउँमा माथिबाट पहिरो खसेर सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । आँबुखैरेनीबाट गोरखा आउँदै गरेका र गोरखाबाट आँबुखैरेनी तर्फ जाँदै गरेका सवारी साधन बिचमै रोकिएका थिए ।

पहिरो हटाएपनि जोखिम भने उस्तै छ । वर्षातका बेला पहिरो खस्न सक्ने भएकाले सचेत भएर यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्