| बुधबार, कार्तिक २५, २०८३

करारका कर्मचारी हटाउने धार्चे गाउँपालिकाको निर्णय बिरुद्ध कर्मचारी आन्दोलित

करारका कर्मचारी हटाउने धार्चे गाउँपालिकाको निर्णय बिरुद्ध करार सेवाका कर्मचारी आन्दोलित भएका छन् ।

१५ जना भन्दाबढि कर्मचारीले प्रेस बिज्ञप्ती जारी गर्दै असार ३१ गते गाउँ कार्यपालिकाको बैठकले विद्यालयका शिक्षक तथा कर्मचारीहरु सबै, अस्थायी सेवा करार, ज्यालादारीमा कार्यरत कर्मचारी हटाउन गरेको निर्णय प्रति ध्यानाकर्षण भएको बताएका छन् ।


वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, पशु, कृषि शाखा, सुचना प्रविधि, शिक्षा शाखा, राजेगार, पञ्जिकरण, सवारी चालक र सबै कार्यालय सहयोगीको साउन १ गतेदेखि लागु हुने गरी बिना मापदण्ड सेवा थप नगर्ने निर्णय भएको बिज्ञप्तीमा उल्लेख छ ।


संघियता लागु हुनु अघि देखि काम गर्दै आएका, फरक क्षमता भएका कर्मचारीमाथि समेत पूर्वाग्रह राखेर अदुरदर्शी, प्रतिशोधपूर्ण निर्णय गरिएको भनिएको छ ।

कर्मचारी ब्यवस्थापन नभएको खण्डमा धार्चे गाउँपालिकाको सेवा प्रवाह र बिकास प्रति चुनौती थपिने, धार्चेबासीलाई असर पर्ने हुँदा कर्मचारीको सेवा करार सम्झौतालाई निरन्तरता दिन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्