| बुधबार, कार्तिक २५, २०८३

सतिपिपल क्लवको अध्यक्षमा बस्नेत

गोरखाको सतिपिपल क्लवको पाचौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । क्लवका अध्यक्ष पुष्कर गुरुङको अध्यक्षतामा भएको अधिवेशनले प्रबिण बस्नेतलाई अध्यक्षमा चयन भएको छ ।

अधिवेशनले उपाध्यक्षमा सन्जोग तिमल्सिना, सचिव रचन परियार, कोषाध्यक्ष साजन गुरुङ रहेका छन् । सदस्यहरुमा सुमन थापा मगर, करमान गुरुङ, बिशाल थापा मगर, सन्जु श्रेष्ठ रहेका छन् ।


क्लवका सचिव सुजन बस्नेतले प्रगती प्रतिवेदन र कोषाध्यक्ष गौरब भट्टले आर्थिक प्रतिवेदन पेश गरेका थिए । अधिवेशनका अध्यक्ष पुष्कर गुरुङले क्लवको पाँच वर्षको प्रगती बिविरण प्रस्तुत गरेका थिए । सतिपिपल क्लवका सल्हाकार नारायण श्रेष्ठ, दिपक थापा, प्रकाशकुमार बस्नेत, लक्ष्मण श्रेष्ठ, सुरेन्द्र बस्नेत, सुदिप थापा, राजकुमार थापा र सोम श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।


सतिपिपल क्लव गोरखाको यस वर्षको एन्फा लिग बिजेता क्लव हो । पोखरामा आयोजित मूख्यमन्त्री कपमा सतिपिपल क्लव सहभागी हुँदैछ । क्लवले गोरखामा बिभिन्न सांस्कृतीक, सामाजिक, खेलकुदका गतिविधी गर्दै आएको छ । क्लवमा युवाहरुको सक्रिय सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्