| बुधबार, कार्तिक २५, २०८३

गोरखामा दैनिक ५० भन्दा धेरैले मतदाता नमावलीमा नाम दर्ता गराए

गोरखामा फोटो सहितको मतदाता नमावली संकलन सुरु भएसँगै दैनिक ५० देखि ६० जनाले नाम दर्ता गराउन थालेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

निर्वाचन आयोगले असार १ गतेदेखि जिल्ला प्रशासन, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमा फोटो सहितको मतदाता नामावली संकलन गर्न निर्देशन गरेको थियो । प्रशासन र निर्वाचन कार्यालयबाट सुरु भएपनि इलाका प्रशासन कार्यालय सिर्दिबासमा भने फोटो सहितको मतदाता नामावली संकलन सुरु भएको छैन ।

कर्मचारी तालिम लिँदै भएकाले असार ७ गतेबाट मात्रै सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

‘प्रशासन र निर्वाचन कार्यालयमा संकलन भईरहेको छ’ निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले भने ‘प्रशासन कार्यालयमा नयाँ नागरिक लिएकाहरु दर्ता गराउने धेरै छन् भने निर्वाचन कार्यालयमा यस अघि नाम दर्ता गराउन छुटेकाहरु छन् ।’

यसअघि मतदाता नमावलीमा नाम समावेश गर्न छुटेका नागरिकता प्राप्त नेपाली नागरिकले आफ्नो नाम बसोबास गरिरहेकै जिल्लाबाटपनि दर्ता गराउन सक्नेछन् । नाम ठेगाना त्रुटी भाएकाहरुले सच्याउन र नामावली स्थानान्तरण गर्न पनि सकिनेछ । अहिले मतदाता नामावली संकलन सँगै अद्यावधीको काम पनि हुने जिल्ला निर्वाचन अधिकारी कोईरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्