
गोरखा नगरमा पहिलो महिला वडा अध्यक्ष बनिन् कांग्रेसकी मित्रा परियार
गोरखा नगरपालिका वडा नम्बर १३ मा नेपाली कांग्रेसकी मित्रा परियार वडा अध्यक्ष निर्वाचित भएकी छिन् ।
उनले ६३२ मत प्राप्त गरिन भने माओवादी केन्द्रका उम्मेदवारले हरि खनालले ६२८ मत प्राप्त गरे ।
परियार यस अघि गोरखा नगर कार्यपालिका सदस्य थिईन भने खनाल यस अघि पनि वडा अध्यक्ष थिए ।
परियार गोरखा नगरपालिकाको एक मात्र महिला वडा अध्यक्ष हुन् ।
उनी सहित गोरखामा तीन जना महिला वडा अध्यक्ष निर्वाचित भएका छन् । #यस अघिको स्थानीय तह निर्वाचनमा पनि गोनपामा महिला वडा अध्यक्ष थिएनन् ।




