| बुधबार, कार्तिक २५, २०८३

आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस बिजयी

गोरखाको आरुघाट गाउँपालिका नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली बिजयी भएका हुन् । गुरुङले ५५५६ मत ल्याए भने नेपालीले ५६३१ मत ल्याईन ।


गुरुङ यस अघि जिल्ला समन्वय समिति सदस्य थिए भने नेपाली दोस्रो कार्यकाल गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी हुन् ।

अध्यक्षका प्रतिद्वन्द्वी एमाले कृष्ण नेपालीले ४८३३ र उपाध्यक्षकी प्रतिद्वन्द्वी सिता दाहालले ३८१६ मत ल्याईन ।

आरुघाटको १० वटा वडा मध्ये १,२,३, ७,८ नेपाली कांग्रेस बिजय भएको छ भने एमालेले वडा नम्बर ४,५,६,१० मा बिजयी हाँसिल गरेको छ । वडा नम्बर ९ माओवादी केन्द्रले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्