
गोरखा नगरपालिका ४ मा माओवादीका लालप्रसाद भट्टराई बिजयी
गोरखा नगरपालिका वडा नम्बर ४ मा माओवादी केन्द्रका अध्यक्ष लालप्रसाद भट्टराई बिजयी भएका छन् ।
उनले पाँच सय ९७ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामशरण अधिकारीले ५५९ मत ल्याए ।
अधिकारी दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा चुनाव लडेका थिए तर उनी पराजित भए ।
वडा सदस्य ३ जना एमालेका र एक कांग्रेसका निर्वाचित भएका छन् ।




