
भिमसेन थापा २ मा कांग्रेसका उम्मेदवार बिजयी
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद भट्टराई निर्वाचित भएका छन् ।
उनले ७५२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ४८४ मत प्राप्त गरे ।
भट्टराई दोस्रो कार्यकाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी सहित चार जना सदस्य पनि नेपाली कांग्रेसका चुनिएका छन् ।




