
गोरखामा ५ वटा वडाको नतिजा सार्वजनीक, कांग्रेस, माओवादी २\२ जसपा १ मा बिजयी
गोरखामा अहिले सम्म पाँचवटा वडाको नतिजा सार्वजनीक भएको छ । पाँचवटा वडा मध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रले २÷२ वटा वडा जितेका छन् भने जनता समाजवादी पार्टीले एउटा वडा जितेको छ ।
गोरखा नगरपालिका १ मा हिक्मतबहादुर कुँवर, २ मा रहमतुल्ला मियाँ नेपाली कांग्रेसबाट बिजयी भएका हुन् । यस्तै अजिरकोट गाउँपालिका १ मा माओवादी केन्द्रका उम्मेदवार मनोज गुरुङ बिजयी भएका हुन् भने धार्चे १ मा रामसिंह गुरुङ बिजयी भएका छन् ।
पालुङटार नगरपालिका १ मा जनता समाजवादी पार्टीका कृष्णबहादुर परियार बिजयी भएका छन् । अहिले सम्म नतिजा आएका यी वडाहरुमा प्यानल सहित बिजयी भएका छन् ।




