
गोरखा नगरपालिकाको मेयरमा कांग्रेसको अग्रता
गोरखा नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना गर्दा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले मेयरमा १०५६ मत ल्याएको छ भने उप मेयरमा १०८० मत प्राप्त गरेको छ ।
एमालेले मेयर पदमा ६३४ मत ल्याएको छ भने उप मेयरमा ६१५ मत ल्याएको छ । माओवादी केन्द्रले ७०२ मत प्राप्त गरेको छ भने उप मेयरमा ३२९ मत ल्याएको छ । जनता समाजवादी पार्टीबाट उप मेयरले ३५८ मत प्राप्त गरेका छन् ।




