
गोरखा नगरपालिका २ मा कांग्रेसका रहमतुल्ला मियाँको प्यानल नै बिजयी
गोरखा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रहमतुल्ला मियाँ बिजयी भएका छन् ।
उनी दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनले पाँच सय ७६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकावडा अध्यक्षले ४१४ मत प्राप्त गरे ।
अन्य चार जना सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवारहरु बिजयी भएका छन् ।
मेयर उपमेयरमा पनि गोरखा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अगाडी छन् ।




